मन्त्री गुप्ताले गरे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निरीक्षण (तस्वीरहरू)

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शनिबार कीर्तिपुरस्थित निर्माणाधीन त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अवलोकन गरेका छन् ।

अवलोकनका क्रममा मन्त्री गुप्ताले क्रिकेट मैदानको निर्माण कार्यले देशभरका खेलाडीहरूको मनोबल उच्च बनाएको उल्लेख गर्दै सबै नेपालीहरूले यस कार्यमा साथ दिनुपर्ने बताए ।

उनले भने, ‘सबै नेपालीहरू लाग्नुपर्छ  । आज देशैभरि खेलाडीहरूको मनोबल बढेको छ । यहाँ राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय खेलाडीहरूले पनि खेल्ने स्थान बनेको छ ।’

मन्त्री गुप्ताले सरकार अहिले खेल क्षेत्रको हितका लागि नीतिगत रूपमा काम गरिरहेको बताउँदै सीमित समयमा धेरै काम पूरा गर्नुपर्ने चुनौती रहेको उल्लेख गरे । उनले थपे, ‘हामी टिममा काम गरिरहेका छौं । क्रिकेट मैदानलाई अझ उत्कृष्ट बनाउन क्यानका सदस्यहरूसँग पनि निरन्तर छलफल भइरहेको छ ।’

हाल उक्त मैदानमा पहिलो चरणअन्तर्गत ६ वटा फ्लडलाइट जडान कार्य सम्पन्न हुन लागेको छ भने करिब १० हजार दर्शक क्षमता भएको प्याराफिट निर्माण कार्य पूरा भएको छ ।

     

सिफारिस

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्ट बीचको सहकार्यले निरन्तरता पाएको छ। मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण रूपमा हटाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८३ संशोधन गर्दै शिक्षा...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको जाउलाखेलमा आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा क्यान्भास पेन्टिङमार्फत वातावरण संरक्षणको सन्देश प्रस्तुत गरिएको छ । कांग्रेस...

भर्खरै

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

धेरै पढिएको