काठमाडौं – नेपालमा थप १७ नयाँ कोरोना संक्रमित थपिएका छन् ।
बुधबार राति पुष्टि भएकाहरु झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका १५ जना हुन्। त्यस्तै २ जना मध्ये एक धनकुटाका र एक धरानका हुन्।
नेपालका कोरोना संक्रमितको संख्या ४४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
जस मध्ये ४५ जना निको भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ ।

