शान्ति मिसनमा नेपाली सेना: विश्व शान्तिमा उल्लेखनीय योगदान

काठमाडौं – नेपाल संयुक्त राष्ट्रसंघको विश्व शान्ति स्थापना अभियानमा एक पुरानो, भरपर्दो र सक्रिय साझेदार राष्ट्रका रूपमा स्थापित रहेको छ । सन् १९५८ देखि निरन्तर रुपमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूमा सहभागिता जनाउँदै आएको नेपाल आज विश्व शान्ति स्थापना कार्यमा योगदान पुर्‍याउने अग्रणी राष्ट्रहरूमध्ये एक हो ।

विगत ६७ वर्षको इतिहासमा करिब ३,४०० भन्दा बढी महिला सहित १,७८,००० भन्दा बढी नेपाली शान्ति सैनिक र प्रहरीहरूले ४१ विभिन्न देशका ५२ वटा शान्ति मिसनहरूमा सहभागी भई आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरिसकेका छन्। तीमध्ये हालसम्म ८७ जना (नेपाली सेना–७४, नेपाल प्रहरी–११, सशस्त्र प्रहरी बल–२) ले वीरगति प्राप्त गरेका छन् भने ८१ जना (नेपाली सेना–७५, नेपाल प्रहरी–६) घाइते भएका छन्।

हाल विश्वका विभिन्न १३ वटा शान्ति मिसनहरूमा करिब ६,०४० नेपाली शान्ति सैनिक तथा प्रहरीहरू (जसमध्ये ५,८१६ जना नेपाली सेनाका) कार्यरत छन्। यीमध्ये ५८० भन्दा बढी महिला सैनिकहरूको सहभागिता रहँदै आएको छ। नेपाली सेनाका १६ वटा शान्ति सेनाका युनिटहरू संयुक्त राष्ट्रसंघीय मिसनहरूमा तैनाथ भई विश्व शान्ति स्थापनार्थ कार्यरत छन्।

शान्ति मिसनमा तैनाथी र महिला सहभागिताको आधारमा नेपाल हाल विश्वमै पहिलो स्थानमा रहेको तथ्य नेपाली सेनाको गौरवको विषय हो । साथै, नेपाल सरकारले आवश्यक परेमा संयुक्त राष्ट्रसंघको अनुरोधमा १०,००० सम्म शान्ति सेना तैनाथ गर्न सक्ने प्रतिबद्धता जनाएको छ।

नेपाली सेनाले लैङ्गिक समानता, वातावरणीय संरक्षण र प्रविधि मैत्री अभ्यासमा समेत उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। उदाहरणका रूपमा विभिन्न मिसनहरूमा सौर्य हाइब्रिड प्लान्ट स्थापना गरी वातावरणीय रणनीतिमा सहयोग पुर्‍याएको छ।

संयुक्त राष्ट्रसंघमार्फत विश्वव्यापी शान्ति र सुरक्षामा योगदान पुर्‍याउनु नेपालको परराष्ट्र नीतिको महत्वपूर्ण प्राथमिकतामा पर्दछ। शान्ति मिसनहरूमा नेपाली शान्ति सैनिक र प्रहरीहरूको व्यावसायिकता, निष्पक्षता र अनुशासनले नेपालको अन्तर्राष्ट्रिय छवि उजागर गरेको छ र नेपाललाई शान्तिप्रेमी, जिम्मेवार तथा विश्वसनीय सदस्य राष्ट्रको रूपमा चिनाएको छ।

शान्ति मिसनमा सहभागिताले नेपालको कूटनीतिक पहुँच विस्तार गर्न सघाएको छ। साथै, द्वन्द्व समाधान, संकट व्यवस्थापन, मानवीय सहायता र शान्ति निर्माणका क्षेत्रमा नेपाली सेनाले प्राप्त गरेको सीप र अनुभवले देशभित्रको सुरक्षा, विपद् व्यवस्थापन तथा अन्य आकस्मिक कार्यमा समेत उपयोगी योगदान पुर्‍याइरहेको छ।

शान्ति स्थापनाको अभियानमा सहभागी भई आर्जन गरिएका ज्ञान, सीप र अनुभवले नेपाली सेनाको समग्र व्यवसायिकता, दक्षता र तयारीपनमा थप निखार ल्याएको छ, जसले राष्ट्र हितमा नेपालको भूमिका अझ सुदृढ बनाएको छ।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको