दोस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको दोस्रो संस्करणको एनपीएलको तालिका सार्वजनिक भएको हो। क्यानले सोमबार साँझ तालिका सार्वजनिक गरेको हो।

मंसिर १ गतेबाट २७ गतेसम्म चल्ने नेपाल प्रिमियर लिगको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले उद्घाटन खेल खेल्नेछन् । उद्घाटन खेल मङ्सिर १ गते दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ।

यस्तै यो सिजनमा ९ दिन दुई दुई खेल हुनेछन् भने बाँकी दिन एक खेल मात्र हुने खेल तालिका छ । एनपीएलमा जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी ८ वटा फ्रेन्चाइज टिम छन् ।

 त्रिवि क्रिकेट मैदानमा फ्लडलाई जडानको कार्य भइरहेको छ। नेपाल प्रिमियर लिग डे नाइट फर्म्याटमा खेलाउने हिसाबले तालिका सार्वजनिक भएको छ।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिगको फाइनल खेल मंसिर २७ गते शनिबार साढे ३ बजे सुरु हुनेछ। पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो।

सिफारिस

फर्पिङमा ऐतिहासिक कार्तिक नाच सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - यस वर्षको फर्पिङ कार्तिक नाच हर्षोल्लासका साथ सम्पन्न भएको छ । हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी (बैकुण्ठ चतुर्दशी)को रात श्री सुन्दरी महाँलक्ष्मी...

मनाङमा हराएका भारतीय पर्यटकको शवलाई सदरमुकाम ल्याउँदै सेना

मनाङ – करिब तीन सातादेखि बेपत्ता रहेका भारतीय पर्यटक बाबु–छोरी मृत फेला परेका छन्। गुजरातका ५२ वर्षीय जिग्नेशकुमार लल्लुभाइ पटेल र उनकी १७ वर्षीया...

काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं - काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा आनन्द प्रभाकर घिमिरे निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न सत्रौं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनबाट नयाँ...

भर्खरै

मनाङमा हराएका भारतीय पर्यटकको शवलाई सदरमुकाम ल्याउँदै सेना

मनाङ – करिब तीन सातादेखि बेपत्ता रहेका भारतीय पर्यटक...

काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं - काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा आनन्द प्रभाकर घिमिरे...

दृष्टिविहिन महिला वर्ल्डकप टि-२० क्रिकेटको अम्पायरमा नेपालका रबिन्द्र गुप्ता नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रबिन्द्र गुप्ता दृष्टिविहिन महिला टि-२०...

क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं - नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास...

घान्द्रुकबाट देखिने हिमशृङ्खलाले मोहित पर्यटक (तस्वीरहरू)

कास्की - कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–११ मा अवस्थित घान्द्रुकबाट...

टौदहको बिहानीपखको मनमोहक दृश्य (तस्वीरहरू)

काठमाडौं- कीर्तिपुर नगरपालिका ६ दक्षिणकाली जाने बाटैमा रहेको टौदह...

धेरै पढिएको