सेनाका महासेनानीसहित ५ जनालाई कारवाही, करोडौं भ्रष्टाचार गरेको ठहर

काठमाडौं – नेपाली सेनाका महासेनानी भुपालमान अधिकारीसहित ५ जनालाई नेपाली सेनाले कारवाही गरेको छ । सैनिक अदालतले करोडौं भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरेर कारवाही गरेको हो ।

समरी जनरल सैनिक अदालतले तीन सैनिक अधिकृत र अन्य दर्जाका दुई सैनिकलाई शुक्रबार कारबाही गरेको जंगी अड्डाले जनाएको छ। सैनिक कल्याणकारी कोषबाट सञ्चालित सैनिक आवासीय मावि, भक्तपुरमा आर्थिक अनियमितता गरेको आरोपमा उनीहरुमाथि कारबाही भएको हो।

सैनिक अदालतले महासेनी अधिकारीलाई एक करोड ८५ लाख ४० हजार १०८ रुपैयाँ बिगो असुल्नुका साथै दुई वर्ष कैद गर्ने निर्णय गरेको छ। भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी उनलाई सेवाबाट हटाउने निर्णय पनि गरेको छ।

यस्तै प्रमुख सेनानी देवबहादुर क्षेत्रीमाथि दुई वर्ष बढुवा रोक्का गर्ने अनि चार लाख ४० हजार रुपैयाँ असुल्ने निर्णय भएको छ। हुद्दा यज्ञराज पोखरेलबाट तीन लाख ६० हजार असुल्ने अनि भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय पनि भएको छ। अर्का हुद्दा गणेशबहादुर अधिकारीको दुई वर्ष तलब वृद्धि रोक्ने फैसला भएको छ। उनीबाट १० हजार असुल्ने फैसला सैनिक जनरल समरी अदालतले गरेको छ।

लेखाका सहसेनानी सुरेन्द्रविक्रम भण्डारीलाई नसिहत दिने निर्णय भएको छ। आर्थिक अनियमितताको आरोपमा मुछिएका अरु १३ जनाले सफाई पाएका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

सैनिक आवासीय महाविद्यालयमा अनियमितता भएको उजुरीपछि छानबिनका लागि सहायक रथीको नेतृत्वमा कोर्ट अफ इन्क्वायरी गठन भएको थियो।

सिफारिस

क्रिकेटर सन्दीपसहित सशस्त्र प्रहरीका १५ खेलाडीको विशेष बढुवा

सशस्त्र प्रहरी बलले १८ जनाको विशेष बढुवा गरेको छ। २४ औँ सशस्त्र प्रहरी दिवशका अवसरमा १५ जना खेलाडी, २ जना विपद उद्धारक र एक...

अमेरिकामा जन्मिएर नागरिकता प्राप्त गर्ने व्यवस्थाको अन्त्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिदैमा नागरिकता दिने प्रावधानको अन्त्य गर्ने आदेशमा हस्ताक्षर गरेका छन्। ट्रम्पले यस व्यवस्थाले आप्रवासीको दुरुपयोग भएको दाबी गर्दै जन्मसिद्ध...

लाेकतन्त्रलाई प्रहार गर्न चाहनेहरू कांग्रेस कमजाेर बनाउन चाहन्छन् : उपप्रधानमन्त्री सिंह

बागलुङ - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले लाेकतन्त्रलाई प्रहार गर्न चाहने तत्वहरू नेपाली कांग्रेसलाई कमजाेर बनाउने प्रयासमा रहेकाे बताउनुभएकाे छ । मंगलबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

अमेरिकामा जन्मिएर नागरिकता प्राप्त गर्ने व्यवस्थाको अन्त्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिदैमा नागरिकता दिने प्रावधानको...

लाेकतन्त्रलाई प्रहार गर्न चाहनेहरू कांग्रेस कमजाेर बनाउन चाहन्छन् : उपप्रधानमन्त्री सिंह

बागलुङ - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुंगेल सम्मानित

काठमाडौँ - जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी...

माओवादीले फेरि माग्यो राजीनामा

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका...

सरकारीमा बिरामीको चाप घटाउन स्वास्थ्य मन्त्रीद्वारा सुरक्षा निकायका अस्पतालसँग सहकार्यको प्रस्ताव

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा...

सुप्रिम सहकारी प्रकरण: भैरहवा पुगे रवि लामिछाने

काठमाडौं - सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता...

धेरै पढिएको