खाँदवारी – नेपाली कांग्रेस संखुवासभाले आगामी प्रतिनिधिसभा चुनावका लागि केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक खड्कालाई सिफारिस गरेको छ । बिहीबार संखुवासभाको खाँदवारीमा बसेको जिल्ला कार्यसमिति बैठकले खड्कासहित ९ जनाको नाम सिफारिस गरेको हो।
प्रत्यक्षतर्फ सिफारिस भएका नेताहरूमा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक खड्का, अनन्तकुमार गौंली, दीपनकुमार श्रेष्ठ, एगराज पोखरेल, पासाङ शेर्पा, रामकुमार थापा, तारामान गुरुङ, उमेश चौहान र उर्मिला पाण्डे गौली रहेका छन्।
प्रतिनिधि समानुपातिकतर्फ १० जनाको नाम सिफारिस भएको कांग्रेसले जनाएको छ। सूचीमा विना पौडेल, ज्ञानबहादुर कार्की, जीवनकुमार सुन्दास, कल्पना कार्की, कुमारबाबु अधिकारी, मुना दाहाल पोखरेल, निर्मला तामाङ बस्नेत, शेरबहादुर वन सन्यासी, सीतादेवी भट्टराई र उषा कार्की छन्।
यस्तै, राष्ट्रियसभातर्फ अञ्जना लिंथैप, चक्रबहादुर विसुन्के, सल्यान नेपाली, टंकप्रसाद राई र थलकुमार लिंखा सिफारिस गरेको कार्यबाहक सभापति अनन्तकुमार गौंली र सचिव टंकमान घलेले जारी गरेको पत्रमा उल्लेख छ।
