तस्वीरमा हेर्नुस् लुम्बिनीले एनपीएल सिजन–२ को उपाधि जित्दाको क्षण

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले एनपीएलको उपाधि चुमेको हो ।

सुदूरपश्चिमले दिएको ८६ रनको झिनो लक्ष्य लुम्बिनीले नवौँ ओभरको अन्तिम बलमा चार विकेटको क्षतिमा पूरा गर्यो । लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाए । उनले १३ बलमा आक्रामक ब्याटिङ गर्दै आउट भए । डार्सी सर्ट १३, कप्तान रोहित पौडेल १८ र सन्दीप जोरा ० रनमा आउट भए । निरोशन डिक्वेला ११ र दिलिप नाथ एक रनमा अविजित रहे ।

लुम्बिनीलाई उपाधि जिताउन बलिङतर्फ कप्तान रोहित पौडेल, शेर मल्ल र रुवेन ट्रम्पलम्यानले समान ३÷३ विकेट लिए । प्रतियोगितामा पहिलो खेल जितेपछि लुम्बिनी लगातार तीन खेल हारेको थियो । तर त्यसपछिका हरेक खेल आफ्नो पक्षमा पार्दै लुम्बिनीले एनपीएलको पहिलो उपाधि उचालेको हो ।

आजको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्सले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८५ रनको योगफल खडा गरेको थियो । सुदूरपश्चिमका लागि ईशान पाण्डेले सर्वाधिक ३३ रन जोडे । उनले ५१ बलमा एक चौकाको सहयोगमा ३३ रन जोडेका हुन् ।

यस्तै, कप्तान दिपेन्द्रसिंह ऐरीले १३ रन बनाए भने हरमीत सिंह र स्कट कुगेलिइनले समान १०÷ १० रन जोड्न सके । त्यसबाहेक अन्य ब्याट्सम्यानहरूले दोहिरो अङ्कमा रन जोड्न सकेनन् । लुम्बिनी लायन्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । उसका लागि शेर मल्ल, रुबेन ट्रम्पेलमान र कप्तान रोहितकुमार पौडेलले समान तीन÷तीन विकेट हात पारे । यस्तै, तिलक भन्डारीले एक विकेट लिए ।

सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा निराश भएको हो । पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । यसपटक पनि उस्तै नियति दोहोरियो । लुम्बिनीले भने प्रतियोगितामा उत्कृष्ट कमब्याक गर्दै अन्ततः उपाधि जितेको छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको