सीमा क्षेत्रमा खटिएका सशस्त्रलाई भारतीयको आक्रमण, हवल्दारलाई कञ्चटमा प्रहार गरे

झापा – जिल्लाका सीमा क्षेत्रमा भारतीयको आक्रमण बढ्न थालेको छ । नेपाली भूमिमा लगाएको खेति थन्काउने बाहानामा झुण्ड झुण्डमा आएका भारतीयहरुले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि आक्रमण गर्दै आएका छन्।

नेपाली भूमिमा प्रवेश गर्न खोजेपछि शुक्रबार मध्यान्ह्मा सशस्त्र प्रहरीका हवल्दार शंकर चौधरीमाथि भारतीयले आक्रमण गरेका छन्। कचनकवल गाउँपालिका घेराबारी नजिकैको १२२ नम्बर पिल्लर छेउको अस्थायी पोष्टमा बसेका प्रहरी हवल्दारमाथि भारतीयले आक्रमण गरेका हुन्।

सीमा क्षेत्रको नेपाली भूमिमा घाँस काट्ने बाहानामा छिर्न खोजेका भारतीयलाई सशस्त्रको टोलीले रोक्न खोज्दा सुरुमा मुखमुखै लागे । त्यसपछि तत्कालै ३०, ४० जनाको झुण्ड आएर आक्रमण प्रयास गरेको गाउँपालिका प्रमुख अञ्जार आलमले जानकारी दिए।

‘सशस्त्रका हवल्दारलाई गालामाथि कञ्चटमा प्रहार गरेका छन् ।’ आलमले भने, ‘यो किसिमको आक्रमण देशमा लकडाउन सुरु भएपछि नै गाउँपालिकाको विभिन्न सीमा क्षेत्रमा ३ पटक भयो।’ सीमामा आएर खेती थन्क्याउन पाइन्छ कि भनेर सीमा प्रहरीलाई अनुरोध गर्ने र आउन नदिएपछि गालिगलौज र हातपातमैसमेत उत्रिले गरेको आलमको भनाइ छ।

गाउँपालिको टोली, सुरक्षाकर्मी र नजिकैका स्थानीय गएर गरेको छलफल गरेपछि उनीहरु फर्केको आलमले जानकारी दिए ।

सिफारिस

काठमाडौँमा माघीको रौनक (तस्वीरहरू)

काठमाडौँको टुँडिखेलमा थारु र मगर समुदायले माघे संक्रान्ति पर्व मनाएका छन् । माघीको अवसरमा  झाँकीसहित र्‍याली लिएको थियो । वसन्तपुरमा भेला भएर थारु समुदायका...

यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि, यस्तो छ तालिका

काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयतालिका सार्वजनिक गरेको छ...

नेपाल प्रहरीका २५ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीको जनपद प्रहरी तर्फका २५ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन्। हिजो (पुस २९ गते) बसेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि, यस्तो छ तालिका

काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा...

नेपाल प्रहरीका २५ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीको जनपद प्रहरी तर्फका २५ जना प्रहरी उपरीक्षक...

आज माघे संक्रान्ति पर्व, देशैभरि सार्वजनिक बिदा

आज मुलुकभर थारू समुदायसँगै अन्य समुदायले पनि माघे संक्रान्ति...

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

अब सरकारी निकायले नेपाली उत्पादन मात्रै प्रयोग गर्नुपर्ने (सूचीसहित)

सार्वजनिक निकायले ८ प्रकारका वस्तु नेपालमा उत्पादित नै प्रयोग...

सरकारले ल्याएका ५ अध्यादेशमा के छ ?

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा...

धेरै पढिएको