नेपालका परम्परागत खेलको संरक्षण र प्रवर्द्धन आवश्यक : मन्त्री नेपाल

काठमाडौँ — बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले नेपालका परम्परागत खेलहरू राष्ट्रिय पहिचानसँग जोडिएकाले तिनको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ।

काठमाडौँ झेन्जी ट्रेडिसनल आर्चरी अर्गनाइजेसनद्वारा आज काठमाडौँमा आयोजित तालिम तथा कोच कार्यक्रममा उद्घाटन गर्दै मन्त्री नेपालले आर्चरी नेपालकै परम्परागत धनुर्वाण विद्या भएको उल्लेख गर्नुभयो। उहाँले यस्ता परम्परागत खेलहरूको संरक्षण र विकासले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्न सहयोग पुग्ने बताउनुभयो।

नेपाल र चीनका खेलाडीहरूको संयुक्त प्रस्तुति समेत रहेको उक्त कार्यक्रममा मन्त्री नेपालले यस्ता संयुक्त तालिम तथा प्रदर्शन कार्यक्रमले खेल कूटनीतिमार्फत नेपाल–चीनबीचको सदियौँ पुरानो सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा चीनको कुनमिङ झेन्जी आर्चरी क्लबका प्रमुख प्रशिक्षक मास्टर कङले चीनको युनान प्रान्तका प्राथमिक विद्यालयहरूमा झेन्जी आर्चरीलाई पाठ्यक्रममार्फत प्रवर्द्धन गरिँदै आएको जानकारी दिनुभयो। साथै, विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्दै खेलको विस्तार भइरहेको बताउँदै उहाँले आगामी दिनमा नेपालसँग सहकार्य गरी आर्चरी खेलको प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

काठमाडौँ झेन्जी ट्रेडिसनल आर्चरी अर्गनाइजेसनका अध्यक्ष अभिषेकविक्रम शाहले झेन्जी खेल नेपालकै परम्परागत धनुर्वाण विद्याको विकसित स्वरूप भएको बताउनुभयो। उहाँले यस खेलको विकास र विस्तारले नेपाल–चीन सम्बन्धलाई थप सुमधुर बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो।

त्यसैगरी, मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जनले खेलका माध्यमबाट अन्तर्राष्ट्रिय पहिचान बनाउन नेपालले आफ्ना परम्परागत खेलहरूको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले खेल क्षेत्रमा थप लगानी गर्न नेपाल सरकारसँग आग्रह पनि गर्नुभयो।

कार्यक्रममा संखुवासभाका परम्परागत आर्चरी खेलाडीका साथै नेपाल र चीनका आर्चरी तथा उसु खेलाडीहरूले आ–आफ्ना खेलकला प्रस्तुत गरेका थिए।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको