काठमाडौंमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

काठमाडौं – काठमाडौंमा नि:शुल्क पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । बागमती प्रदेशमा पर्यटन र फोटो पत्रकारिता गरिरहेका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न मंगलबारदेखि दुई दिने पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको हो ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र नेपाल पर्यटन बोर्डद्वारा संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) ले राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) र नेपाल पत्रकार महासंघ काठमाडौं शाखासँगको सहकार्यमा दुई दिने तालिम सञ्चालन गरिरहेको छ । तालिमको उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्दै परियोजना प्रबन्धक धर्मराज दवाडीले यस तालिमले नेपालका कथाहरु अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउन महत्वपूर्ण योगदान गर्ने विश्‍वास व्यक्त गरेका छन् । उनले भने, “दिगो पर्यटन परियोजनाले मुख्य गरी तीन वटा पदमार्गहरुलाई लक्षित गरी काम गरिरहेको छ । अपि-सैपाल, मनास्लु र कञ्‍चनजंघा गरी तीन वटा पदमार्गहरुमा पूर्वाधार विकास र सेवाको गुणस्तर वृद्धिका लागि विभिन्‍न तालिम तथा अभिमुखिकरण कार्यक्रहरु सञ्‍चालन गरिएको छ ।

यसका साथै पर्यटन क्षेत्रमा संलग्‍न व्यक्तहरुको क्षमता अभिवृद्धि गराउँदा मानव स्रोतको अभावलाई पूर्ति गर्ने हाम्रो विश्‍वास छ ।“ पत्रारहरुलाई दिइएको यस तालिमले नेपालका पर्यटकीय गन्तव्य र पर्यटन उत्पादनको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरणमासमेत सहयोगी हुने परियोजना प्रबन्धक दवाडीले जानकारी गराएका हुन् । उनले पर्यटन बोर्डले पत्रकारको क्षमता अभिवृद्धि, मल्टिमिडिया प्रमोशन र गन्तव्य–केन्द्रित डिजिटल अभिलेखनलाई आगामी कार्यक्रमको प्राथमिकतामा राखेको समेत बताएका छन् ।

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) का अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारितालाई पर्यटन प्रवर्द्धनको मेरुदण्डको रूपमा व्याख्या गर्दै भने, “सिकाइ कहिल्यै अन्त्य हुँदैन । तपाईंले आज पोखरा, अन्नपूर्ण र गण्डकीका कथा जसरी क्यामेरामा उतार्नुहुन्छ, तीनै तस्बिरहरूले नेपाललाई विश्व पर्यटन मानचित्रमा अझ बलियो रुपमा पर्यटकीय गन्तव्यको रुपमा प्रस्तुत गर्नेछ ।”

नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप प्रकाश कार्कीले बोर्डको उद्देश्य, पर्यटन पत्रकारिताको आधारभूत प्रक्रिया र प्रभावकारिताबारे प्रशिक्षण दिएका हुन् । तालिमका क्रममा प्रशिक्षक वन्तले फोटो पत्रकारिताको इतिहास, फोटो खिच्दा आवश्यक प्राविधिक ज्ञान र सिपलगायतका विषयमा जानकारी गराएका छन् । त्यसैगरी अर्का प्रशिक्षक सुनिल चुडामणी बज्राचार्यले क्यामेराको इतिहास, क्यामरा सञ्‍चालनका प्राविधिक तरिकाहरु, फोटो फिचर तयारी र फोटोको महत्वबारे प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा दोस्रो दिन बुधबार तस्बिर कथाको व्यवहारिक पक्षबारे ज्ञान दिनुका साथै फिल्ड भिजिट गराइने भएको छ । प्रशिक्षणमा बागमती प्रदेशका सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेलगायतका विभिन्‍न जिल्लाका ३० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको