माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार राईलाई प्रदान

काठमाडौँ – पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाले स्थापना गर्नुभएको ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता सम्मान ’ यस वर्ष फोटो पत्रकार प्रविन कुलुङ राईलाई प्रदान गरिएको छ ।

आइतबार ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालस्थित सभा हलमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको २८ औँ साधारण सभाको अवसरमा उक्त सम्मान प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तको हातबाट राईलाई नगद १० हजारसहित सम्मान-पत्र प्रदान गरिएको थियो।

राई राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालका केन्द्रीय सचिव हुन्। उनी नयाँ पेज डटकममा कार्यरत रहेका छन्।

कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू कविन्द्रमान शाक्य, राजभाई सुवाल, राजेन्द्र चित्रकार, केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तसहित केन्द्रीय पदाधिकारी, आजीवन सदस्य तथा अन्य सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सिफारिस

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र र रहस्यमय हिमालमध्ये एक मानिन्छ। हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रका रूपमा...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

भर्खरै

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

धेरै पढिएको