माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार राईलाई प्रदान

काठमाडौँ – पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाले स्थापना गर्नुभएको ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता सम्मान ’ यस वर्ष फोटो पत्रकार प्रविन कुलुङ राईलाई प्रदान गरिएको छ ।

आइतबार ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालस्थित सभा हलमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको २८ औँ साधारण सभाको अवसरमा उक्त सम्मान प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तको हातबाट राईलाई नगद १० हजारसहित सम्मान-पत्र प्रदान गरिएको थियो।

राई राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालका केन्द्रीय सचिव हुन्। उनी नयाँ पेज डटकममा कार्यरत रहेका छन्।

कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू कविन्द्रमान शाक्य, राजभाई सुवाल, राजेन्द्र चित्रकार, केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तसहित केन्द्रीय पदाधिकारी, आजीवन सदस्य तथा अन्य सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको