क्रिसमस नजिकिँदै गर्दा मलहरू झिलिमिली (तस्वीरहरू)

ललितपुर — क्रिसमस पर्व नजिकिँदै जाँदा ललितपुरको लाबिम मल आकर्षक बत्ती र सजावटले झिलिमिली बनेको छ। मल परिसरमा जडान गरिएका रंगीन बत्ती, क्रिसमस ट्री र विभिन्न सजावटले सर्वसाधारणको ध्यान तानेको छ।

विशेषगरी साँझपख लाबिम मलमा घुम्न आउनेको संख्या उल्लेख्य देखिएको छ। क्रिसमसको माहोलसँगै सजावट हेर्न आउने युवायुवतीहरू टिकटक तथा अन्य सामाजिक सञ्जालका लागि भिडियो खिच्न व्यस्त देखिन्छन्। मलको अगाडिको खुला क्षेत्र र सजावट गरिएको भाग टिकटक भिडियो बनाउनेहरूको मुख्य आकर्षण बनेको छ।

घुमफिरसँगै किनमेल गर्नेहरू पनि बढेका छन्। मल व्यवस्थापनका अनुसार क्रिसमसलाई लक्षित गर्दै विभिन्न पसलहरूले छुट तथा विशेष अफरहरू पनि सार्वजनिक गरेका छन्, जसका कारण ग्राहकको चहलपहल बढेको हो।

लाबिम मलमा देखिएको यो चहलपहलले क्रिसमसको रौनक काठमाडौं उपत्यकामा क्रमशः बढ्दै गएको संकेत गर्छ। सजावट, मनोरञ्जन र किनमेल एकै ठाउँमा पाउन सकिने भएकाले लाबिम मल क्रिसमस मनाउनेहरूको रोजाइमा परेको छ।

एपी तोलाङ्
एपी तोलाङ्
तोलाङ् फोटो पत्रकार हुन् । उनी विशेष गरेर पर्यटन विटमा रहेर फोटो पत्रकारिता गर्छन्।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको