क्रिसमस नजिकिँदै गर्दा मलहरू झिलिमिली (तस्वीरहरू)

ललितपुर — क्रिसमस पर्व नजिकिँदै जाँदा ललितपुरको लाबिम मल आकर्षक बत्ती र सजावटले झिलिमिली बनेको छ। मल परिसरमा जडान गरिएका रंगीन बत्ती, क्रिसमस ट्री र विभिन्न सजावटले सर्वसाधारणको ध्यान तानेको छ।

विशेषगरी साँझपख लाबिम मलमा घुम्न आउनेको संख्या उल्लेख्य देखिएको छ। क्रिसमसको माहोलसँगै सजावट हेर्न आउने युवायुवतीहरू टिकटक तथा अन्य सामाजिक सञ्जालका लागि भिडियो खिच्न व्यस्त देखिन्छन्। मलको अगाडिको खुला क्षेत्र र सजावट गरिएको भाग टिकटक भिडियो बनाउनेहरूको मुख्य आकर्षण बनेको छ।

घुमफिरसँगै किनमेल गर्नेहरू पनि बढेका छन्। मल व्यवस्थापनका अनुसार क्रिसमसलाई लक्षित गर्दै विभिन्न पसलहरूले छुट तथा विशेष अफरहरू पनि सार्वजनिक गरेका छन्, जसका कारण ग्राहकको चहलपहल बढेको हो।

लाबिम मलमा देखिएको यो चहलपहलले क्रिसमसको रौनक काठमाडौं उपत्यकामा क्रमशः बढ्दै गएको संकेत गर्छ। सजावट, मनोरञ्जन र किनमेल एकै ठाउँमा पाउन सकिने भएकाले लाबिम मल क्रिसमस मनाउनेहरूको रोजाइमा परेको छ।

एपी तोलाङ्
एपी तोलाङ्
तोलाङ् फोटो पत्रकार हुन् । उनी विशेष गरेर पर्यटन विटमा रहेर फोटो पत्रकारिता गर्छन्।

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको