काठमाडौँ- नेपालमा थप ३६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ ।
बाँकेमा २७ झापामा १ बैतडीमा ४ बर्दियामा १ सुर्खेतमा ३ गरि जम्मा ३६ जना नयाँ संक्रमित थपिएका छन्।
बाँकेका संक्रमित सबै नरैनापुर गाउँपालिका हुन् । बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा १ जना र झापाको झापा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् ।
संक्रमित सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।