नेपालको प्रजातन्त्र वा लोकतन्त्र छाडातन्त्रमा विकास भइसकेको छ : शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालको प्रजातन्त्र एवम लोकतन्त्र छाडातन्त्रका रुपमा विकास भइसकेको बताएका छन् ।

मंगलबार काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनपछि देशको राष्ट्रियता अत्यन्तै नाजुक अवस्थामा रहेको बताए । साथै जेनजीको आन्दोलनमा नेपाली अनुहार नै थियो की अरु केही थियो भन्नेकुरा बुझ्न जरुरी रहेको धारणा राखे ।

उनले भने,‘अहिले देशको राष्ट्रियता अत्यन्तै नाजुक अवस्थामा छ । प्रजातन्त्र वा लोकतन्त्र हामीले छाडातन्त्रमा विकास गरिसकेको छौं । अहिलेको अवस्था जेनजीको आन्दोलनमा नेपाली अनुहार त थियो, तर त्योभित्र नेपाली अनुहार नै थियो की अरु केही थियो भन्नेकुरा बुझ्न जरुरी थियो ।’

त्यस्तै उनले राजनीति गर्ने व्यक्तिमा नैतिकता र संस्कार हुन आवश्यक रहेको भन्दै अहिले नेपालमा त्यसको खडेरी लागेको बताए ।

उनले भने,‘राजनीति गर्ने व्यक्तिमा नैतिकता र संस्कार भएन भने म आग्रह गर्छु राजनीति नगर्नु । संस्कार भएन भने राजनीति हुन सक्दैन् । अहिले देशमा त्यसको खडेरी छ । अहिले पपुलिजम आएको छ त्यसले अर्को समस्या जन्माएको छ ।’

त्यस्तैगरी नेता कोइरालाले आफू अधिवेशन सार्ने पक्षमा नरहेको स्पष्ट पारे । सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रले आयोजना गरेको उक्त कार्यक्रममा आध्यात्मिक गुरु स्वामी आनन्द अरुण, संविधानबिद् डा.बिपिन अधिकारी, केन्द्रका अध्यक्ष तथा काठमाडौ कांग्रेसका नेता लोकेश ढकाललगायतले आफ्नो धारणा राखेका थिए ।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको