पृथ्वी जयन्ती मनाउँदै सेना, गोरखाबाट पदयात्रा शुभारम्भ (तस्वीरहरू)

काठमाडौं – ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ विभिन्न कार्यक्रमसहित मनाउने सिलसिलामा नेपाल एकीकरणका क्रममा प्रयोग भएको ऐतिहासिक गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा आज गोरखा दरबारबाट शुभारम्भ भएको छ।

आज मिति २०८२ पौष २१ गते आयोजित शुभारम्भ कार्यक्रममा गोरखा जिल्ला न्यायाधीश, जिल्ला समन्वय समितिका प्रमुख, गोरखा नगरपालिकाका प्रमुख, पश्चिम पृतनाका पृतनापति, प्रमुख जिल्ला अधिकारी, स्थानीय जनप्रतिनिधि, जिल्ला स्थित सरकारी कार्यालय तथा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच कम्पनी— श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरानो गोरख र सबुज —का झण्डा तथा टर्चसहित ऐतिहासिक सैनिक पोसाक र परम्परागत बाजागाजासहितको टोली सहभागी रहेको छ। उक्त टोली गोरखा जिल्लामा तैनाथ श्री रुद्रध्वज गण बाट सहभागी भएको हो।

गोरखा दरबारबाट सुरु भएको पदयात्रा धादिङ र नुवाकोट हुँदै काठमाडौंको हनुमानढोका पुग्नेछ। पदयात्राको समापन आगामी पौष २७ गते जङ्गी अड्डामा आयोजना हुने विशेष समारोह का बीच गरिने कार्यक्रम रहेको छ।

यसैबीच, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ को अवसरमा पौष २७ गते जङ्गी अड्डास्थित सभामण्डपमा राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको योगदान सम्बन्धी प्रवचन, लघु नाटक तथा वृत्तचित्र प्रदर्शनी, कविता प्रतियोगिता लगायत विविध कार्यक्रमहरू आयोजना गरिने छन्।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्य रूपमा मनाउने उद्देश्यले देशभर तथा विदेशमा तैनाथ नेपाली सेनाका विभिन्न इकाइहरूमा समेत विविध कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

 

सिफारिस

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको जाउलाखेलमा आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा क्यान्भास पेन्टिङमार्फत वातावरण संरक्षणको सन्देश प्रस्तुत गरिएको छ । कांग्रेस...

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको सि.सं. १४ हायर कमाण्ड तथा म्यानेजमेन्ट (Higher Command and Management Course) तालिम सम्पन्न गरेको छ।...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको ३ प्रतिशत ‘शिक्षा तथा स्वास्थ्य समता कर’ तत्कालका लागि लागू नगर्ने निर्णय गरेको...

भर्खरै

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

धेरै पढिएको