पृथ्वी जयन्ती मनाउँदै सेना, गोरखाबाट पदयात्रा शुभारम्भ (तस्वीरहरू)

काठमाडौं – ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ विभिन्न कार्यक्रमसहित मनाउने सिलसिलामा नेपाल एकीकरणका क्रममा प्रयोग भएको ऐतिहासिक गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा आज गोरखा दरबारबाट शुभारम्भ भएको छ।

आज मिति २०८२ पौष २१ गते आयोजित शुभारम्भ कार्यक्रममा गोरखा जिल्ला न्यायाधीश, जिल्ला समन्वय समितिका प्रमुख, गोरखा नगरपालिकाका प्रमुख, पश्चिम पृतनाका पृतनापति, प्रमुख जिल्ला अधिकारी, स्थानीय जनप्रतिनिधि, जिल्ला स्थित सरकारी कार्यालय तथा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच कम्पनी— श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरानो गोरख र सबुज —का झण्डा तथा टर्चसहित ऐतिहासिक सैनिक पोसाक र परम्परागत बाजागाजासहितको टोली सहभागी रहेको छ। उक्त टोली गोरखा जिल्लामा तैनाथ श्री रुद्रध्वज गण बाट सहभागी भएको हो।

गोरखा दरबारबाट सुरु भएको पदयात्रा धादिङ र नुवाकोट हुँदै काठमाडौंको हनुमानढोका पुग्नेछ। पदयात्राको समापन आगामी पौष २७ गते जङ्गी अड्डामा आयोजना हुने विशेष समारोह का बीच गरिने कार्यक्रम रहेको छ।

यसैबीच, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ को अवसरमा पौष २७ गते जङ्गी अड्डास्थित सभामण्डपमा राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको योगदान सम्बन्धी प्रवचन, लघु नाटक तथा वृत्तचित्र प्रदर्शनी, कविता प्रतियोगिता लगायत विविध कार्यक्रमहरू आयोजना गरिने छन्।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्य रूपमा मनाउने उद्देश्यले देशभर तथा विदेशमा तैनाथ नेपाली सेनाका विभिन्न इकाइहरूमा समेत विविध कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

 

सिफारिस

राष्ट्रिय सभा निर्वाचनमा चार दलबीच तालमेल, कसलाई कति सीट ?

काठमाडौं - आगामी राष्ट्रिय सभा निर्वाचनमा प्रमुख चार राजनीतिक दलबीच तालमेल हुने भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र...

कांग्रेसमा विशेष महाधिवेशन अपरिहार्य : जेनजी अगुवा रक्षा बम

काठमाडौं - जेनजी अगुवा रक्षा बमले नेपाली कांग्रेसमा विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गरेकी छन्। उनले नियमित महाधिवेशनको नाममा यथास्थितिवाद रोज्ने नेताहरूले जेनजी आन्दोलन...

कुलमान र बब्लुलाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाव

काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले राजनीतिक दलसँग आवद्ध भइसकेका मन्त्रीहरूलाई राजीनामा दिन सुझाव दिएकी छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले दलसँग आबद्ध मन्त्रीहरूले परिस्थितिको...

भर्खरै

कांग्रेसमा विशेष महाधिवेशन अपरिहार्य : जेनजी अगुवा रक्षा बम

काठमाडौं - जेनजी अगुवा रक्षा बमले नेपाली कांग्रेसमा विशेष...

कुलमान र बब्लुलाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाव

काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले राजनीतिक दलसँग आवद्ध भइसकेका...

एमालेको चुनावी कमान्डर बादल

काठमाडौं - नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा...

विशेष महाधिवेशन माघ ६ पछिलाई सारौँ : शेखर कोइराला

नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले सहमतिका आधारमा केन्द्रीय...

मोदी राम्रो मान्छे भए पनि आफूलाई खुसी नबनाएको भन्दै ट्रम्पको असन्तुष्टि

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल...

प्रचण्डपछि किन भारत प्रस्थान गरिन् आरजु राणा ?

काठमाडौं – नेपाली कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री आरजु...

धेरै पढिएको