कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं – नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र देखिएका आन्तरिक विवादको अन्त्य गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा एकताबद्ध भएर होमिन नेतृत्व तहलाई अपिल गरेका छन् ।

२०८२ साल फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै नेताहरूले नेपाली कांग्रेसलाई जनताको विश्वसनीय र थप भरोसायोग्य पार्टीका रूपमा स्थापित गर्न आवश्यक रहेको उल्लेख गरेका छन् । परिवर्तन र रूपान्तरणका मुद्दालाई आत्मसात गर्दै नयाँ सोच र दृष्टिकोणका साथ निर्वाचनमा जानुपर्नेमा उनीहरूको जोड छ ।

नेताहरूले जारी गरेको अपिलमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै लिखित निवेदन दर्ता गरिसकेको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्नुपर्ने उल्लेख गरिएको छ ।

अपिलमा आगामी निर्वाचनलाई लक्षित गर्दै संवाद, सहमति र बृहत् एकतामार्फत नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा होमिन नेतृत्व तहलाई आग्रह गरिएको छ । कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न सबै तह र तप्कालाई एकताबद्ध हुनुपर्ने अपिल गरिएको छ ।

अपिल गर्दै उनीहरुले भनेका छन्, ‘यही आउँदो २०८२ साल फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर राखी नेपाली कांग्रेसलाई उक्त निर्वाचनमा जनताको विश्वसनिय र थप भरोसा योग्य पार्टी बनाउन जरूरी छ । परिवर्तन र रूपान्तरणका मुद्दालाई अंगाल्दै नयाँ सोच र दृष्टिकोणका साथ निर्वाचनमा जानुपर्नेछ ।’

केन्द्रीय सदस्य नानु बास्तोलाका अनुसार महाधिवेशन सुनिश्चितता लागि यसअघि २५ केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वलाई दबाव दिंदै ज्ञापन दिएका थिए भने हाल चार जना थपिएर २९ जनाले पार्टी भित्रको विवाद मिलाउन दबाब बढाएका हुन् ।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको