फोटो पत्रकारलाई प्रेस ज्याकेट सहयोग

काठमाडौँ – विपद्को समयमा अग्रपङ्क्तिमा रहेर समाचार सङ्कलनमा खट्ने फोटो पत्रकारलाई एकपछि अर्को गर्दै सहयोग प्राप्त हुनेक्रम बढेको छ । न्यू मुनलाइट सर्टिङ सुटिङका सञ्चालक जाकिर हुसेनले राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाललाई कूल १०० थान प्रेस ज्याकेट हस्तान्तरण गरेका हुन् ।

शनिबार आयोजित एक कार्यक्रममा उनले कोरोनाको जोखिमसँग लडेर आम नागरिकलाई सूचना प्रवाहमा खटिने पत्रकारलाई सहजरुपमा काम गर्ने वातावरण बनोस् भन्ने लक्ष्यका साथ प्रेस ज्याकेट उपलब्ध गराएको बताए । व्यवसायी हुसेनले अग्रपङ्क्तिमा खटिरहेका फोटो पत्रकारको एकरुपताका लागि आफ्नै गार्मेन्टमा सिलाएर प्रेस ज्याकेट उपलब्ध गराएको जानकारी दिँदै सङ्कटमा काम गर्नेको अवस्थालाई आफूले नजिकबाट देखेकाले सहयोग गरेको जानकारी दिए । उनले विपद्को समयमा जोखिमपूर्ण काम गर्ने पत्रकारलाई सानो सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

विगत २५ वर्षदेखि काठमाडौँमा रहेर सर्टिङ सुटिङको व्यवसाय गर्दै आउनुभएका हुसेनले उपलब्ध गराएका ज्याकेट एनएफपिजेका अध्यक्ष राजेन्द्र चित्रकारले ग्रहण गरे । ज्याकेट लिँदै अध्यक्ष चित्रकारले काठमाडौँ उपत्यकामा नियमित समाचार सङ्कलन एवं फोटो पत्रकारिता गर्ने पत्रकारलाई वितरण गरिने बताए । विपद्मा फोटो पत्रकारलाई सम्झेर सहयोग गरेकामा अध्यक्ष चित्रकारले व्यवसायी हुसेनको प्रशंसा गर्नुभएको एनएफपिजेले जनाएको छ । रासस

सिफारिस

ऊर्जामन्त्री खड्कासँग विश्व बैंक क्षेत्रीय निर्देशक गुप्ताको भेट, के-के भयो छलफल ?

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले बिहीबार सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटमा १,०६३...

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले हराउँदै पोर्चुगलले युईएफए नेसन्स लिगको उपाधि जितेको छ । अतिरिक्त समयमा २-२ गोलको बराबरीमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन्। झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब...

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण

काठमाडौँ - लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’...

नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समिति बैठक: के- के गर्यो निर्णय ?

काठमाडौँ - नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिको बैठक...

प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित

काठमाडौँ — म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा फोटो...

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

काठमाडौं — नेपालका पर्यटन पेशाकर्मीहरूलाई लक्षित गरी चिनियाँ भाषा प्रशिक्षण...

धेरै पढिएको