राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज बिहान जानकी मन्दिरमा दर्शन तथा विशेष पूजापाठ गरेका छन्।
पूर्वनिर्धारित कार्यक्रम अनुसार बालेनले सोमबार बिहान करीब ७ बजे जानकी मन्दिरमा पुगेर पूजापाठ र आरती दर्शन गरेका हुन्।
रास्वपाले सोमबार जनकपुरधाममा गर्न लागेको जनसभालाई सम्बोधन गर्न आइतबार साँझ जनकपुर पुगेका शाहले आज बिहान पूर्वसांसद डा.अमरेश सिंहसँगै जानकी मन्दिरमा पुगेर पूजाआजा र दर्शन गरेका हुन्।
बालेन जानकी मन्दिरमा पुग्दा रास्वपाका हजारौँ नेता कार्यकर्ताको उपस्थिति थियो। त्यसक्रममा बालेन र अमरेश दुवैले सँगै बसेर आरती अवलोकन गरेका थिए।
पूजापाठपछि उनले जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र उतराधिकार महन्थ रामरोशन दाससँ भेटघाट गरेका छन्।

