रुख र चारतारे झण्डाबाहेक अरु सोच्न सकिन्न : दीपक खड्का

काठमाडौं – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले नेपाली कांग्रेसको चुनाव चिह्न रुखबाहेक अन्य कुनै विकल्प अस्वीकार्य हुने स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै उनले आफू बीपी कोइरालालाई आदर्श र मार्गदर्शक मानेर राजनीतिमा आएको उल्लेख गरेका छन् । “बीपी कोइरालाले जन्माउनुभएको रुख चुनाव चिह्न र चारतारे झण्डाबाहेक अरु सोच्न वा कल्पना गर्न मात्र होइन, हामी सबै सक्दैनौँ,” खड्काले लेखेका छन् ।

उनले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने जानकारी दिँदै संखुवासभाका नेता तथा कार्यकर्तालाई मंगलबार बिहान १० बजे खादबारीमा उपस्थित हुन आग्रह गरेका छन् ।

यता निर्वाचन आयोगले दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएपछि देउवा समूहले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । रिट दर्ता भए पनि देउवा समूहका नेताहरूले रुख चुनाव चिह्नबाहेक अन्य विकल्पबाट चुनाव नलड्ने अडान दोहोर्‍याउँदै पार्टी एकतामा जोड दिएका छन् ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको