नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न (तस्वीरहरू)

काठमाडौँ – सेना दिवस २०८२ को अवसरमा नेपाली सेनाका विविध गतिविधिबारे आम नागरिकलाई जानकारी गराउने उद्देश्यले आयोजित नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी २०८२ सम्पन्न भएको छ।

जङ्गी अड्डा परिसरमा माघ ०४ गतेदेखि ०७ गतेसम्म सञ्चालन भएको चारदिने प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालय, राष्ट्रिय सेवा दललगायतका गतिविधि समेटिएका कुल ३० वटा स्टल राखिएका थिए।

प्रदर्शनीको माघ ०४ गते प्रधान सेनापति महारथी अशोक राज सिग्देलले उद्घाटन गर्नुभएको थियो। प्रदर्शनीमा आम जनसमुदायका साथै विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समापनको अवसरमा माघ ०७ गते जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले सहभागी युनिटहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रशंसा पत्र प्रदान गर्नुभयो।

प्रदर्शनीमार्फत अवलोकनकर्ताहरूले नेपाली सेनाको विकासक्रम तथा हाल सम्पादन गरिरहेका विविध जिम्मेवारीबारे जानकारी प्राप्त गरेको विश्वास लिइएको छ।

default

DRM

default

सिफारिस

तस्बिरमा हेर्नुस् प्रतिनिधि सभाको पहिलो बैठक

प्रतिनिधि सभाको पहिलो बैठक सिंहदरबारस्थित निर्माणाधीय संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बसेको छ । आजको बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रमुख दलका नेताहरूले सम्बोधन गरेका...

बिहानै पशुपतिनाथ मन्दिरको दर्शन गर्न पुगे गृहमन्त्री सुधन

काठमाडौँ - गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ। आज बिहानै उहाँले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गर्नुभएको हो। दर्शनसँगै उहाँले...

बालाजु बाइसधारामा स्नान गर्नेको भिड (तस्वीरहरू)

काठमाडौंको बालाजु बाइसधारामा आज परम्परागत मेला लागेको छ। प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका अवसरमा आयोजना हुने यस मेलामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्मावलम्बीहरू...

भर्खरै

बिहानै पशुपतिनाथ मन्दिरको दर्शन गर्न पुगे गृहमन्त्री सुधन

काठमाडौँ - गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको...

बालाजु बाइसधारामा स्नान गर्नेको भिड (तस्वीरहरू)

काठमाडौंको बालाजु बाइसधारामा आज परम्परागत मेला लागेको छ। प्रत्येक...

अब मालपोत र नापीमा बिचौलिया निषेध

काठमाडौँ - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले...

एमाले संसदीय दलमा ‘बादल’ चयन

नेकपा (एमाले) संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन...

प्रभावकारी बन्दै बागमतीमा ‘ट्र्यास ब्यारियर’ (तस्वीरहरू)

काठमाडौँ - बागमती र मनोहरा नदीको संगमस्थल (दोभान) मा...

सिरुबारी: गुरुङ संस्कृतिसँगै फस्टाउँदै दिगो ग्रामीण पर्यटन (तस्वीरहरू)

स्याङ्जा जिल्लाको रमणीय आँधीखोला गाउँपालिका–१ मा अवस्थित सिरुबारी सामुदायिक...

धेरै पढिएको