काठमाडौँ- नेपालमा थप १९ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ ।
आज मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेमा १, नुवाकोटमा १, कपिलवस्तुमा ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन्। अब देशका ७७ मध्ये ४२ जिल्लामा कोरोनाको संक्रमण देखिएको छ।
नुवाकोट जिल्लामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपालमा कोरोना भाइरस संक्रमण निको हुने संख्या ८७ पुगेको छ। त्यस्तै आज सम्म नेपालमा कोरोना भाइरसबाट ३ जनाको मृत्यु भएको छ।