महोत्तरी – महोत्तरीको रामगोपालपुर नगरपालिका ७ ससौलामा लागुऔषध कारबारी र प्रहरीबीच गोली हानाहान भएको छ। आइतबार राति प्रहरीले लागुऔषध कारोबारीकोको डिलरमा खोजतलासी गर्दा प्रहरीमाथि आक्रमण हुँदा आत्मरक्षाका लागि प्रहरीले गोलि नै चलाउनु परेको महोत्तरी प्रहरी प्रवक्ता डिएसपी माधब बुढाथोकीले जानकारी दिए।

प्रवक्ताका अनुसार घटनामा १ जनाको मृत्यु र ४ प्रहरी घाइते भएका छन् । मृत्यु हुनेमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन यादव रहेका छन् । उनी लागुऔषध कारोबारी रहेको प्रहरीको भनाइ छ । लागुऔषध कारोबारी भनिएका त्यही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई पक्राउ पक्राउ परेको प्रहरीले जनाएको छ ।

झडपमा प्रहरी हवल्दार सञ्जीव पासवान तथा जवानद्वय रामविहारी पासवान, मनोज साह र लालबाबु यादव घाइते भएका छन् । घाइते प्रहरीको स्थानिय मेडिकलमा प्राथमिकता पछि जिल्ला हस्पिटलमा भर्ना गरिएको छ।
घटनास्थलबाट केही मात्रामा लागुऔषध नाइट्रोभेट बरामद गरेको छ।
