प्रधानमन्त्री बालेन्द्र शाह द्वारा अधिकृत क्याडेटहरूलाई आयुक्त पद प्रदान (तस्वीरहरू)

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह ले भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित अधिकृत क्याडेट तालिमका सहभागीहरूलाई आयुक्त पद प्रदान गरेका छन्। उक्त अवसरमा आयोजित आयुक्त पद प्रदान कवाज समारोहमा उनले उत्कृष्ट क्याडेटहरूलाई श्रेष्ठताको प्रतीक खुकुरी तथा छडीद्वारा पुरस्कृत गरे।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले मातृभूमि र जनताप्रति समर्पित रहने दृढ सङ्कल्पका साथ कठिन तालिम पूरा गरी आयुक्त पद प्राप्त गर्न सफल भएकोमा नवआयुक्त अधिकृतहरूलाई बधाई दिए। उनले सैनिक आचरण, चेन अफ कमान्ड र अनुशासनको दायराभित्र रही आफ्नो जिम्मेवारी र दायित्वप्रति सदैव सजग र कर्तव्यनिष्ठ रहनुपर्नेमा जोड दिए।

कार्यक्रममा सि.सं. ६३ अधिकृत क्याडेट, सि.सं. ५ स्नातक अधिकृत क्याडेट र सि.सं. ५३ पदिक तथा बिल्लादार अधिकृत आधार तालिमका गरी जम्मा १८३ जना क्याडेटहरूले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए।

यस अवसरमा प्रधान सेनापति महारथी अशोक राज सिग्देल ले मित्रराष्ट्र केन्या र जाम्बियाबाट तालिममा सहभागी तीन जना शिक्षार्थी अधिकृत क्याडेटहरूलाई ‘Nepali Military Academy (NMA) Medallion’ प्रदान गरेका थिए।

नेपाली सैनिक प्रतिष्ठानबाट हालसम्म अधिकृत तथा पदिक–बिल्लादार अधिकृत क्याडेट गरी ६ हजार ७३४ जना र १ हजार ६०८ जना प्राविधिक अधिकृतहरूले सफलतापूर्वक तालिम सम्पन्न गरिसकेका छन्। सन् २०१२ देखि विदेशी शिक्षार्थीहरूलाई समेत समेटेर तालिम सञ्चालन हुँदै आएकोमा हालसम्म ३२ जना विदेशी क्याडेटहरूले तालिम पूरा गरेका छन्।

समारोहमा नवआयुक्त अधिकृतहरूलाई अभिभावक तथा आफन्तजनले सुशोभन गरेका थिए।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको