पदक विजेता खेलाडीहरुलाई नगदसहित काठमाडौँ महानगरपालिकाबाट सम्मान

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका पदक विजेता २ जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । आज काठमाडौँ प्लाजामा आयोजना गरिएको एक कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार के. सी. र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले उहाँहरुलाई सम्मान गर्नुभएको हो । खेलकुदमार्फत राष्ट्रिय पहिचान अभिवृद्धिमा योगदान पुर्‍याए वापत उहाँहरुलाई सम्मानित गरिएको हो ।

सम्मानित हुनु हुनेमा क्योकुसिन तेजुका वल्र्ड कप रजत पदक विजेता दावा शेर्पा हुनुहुन्छ । जापानको सेन्दाइ तथा फुकुओकामा २०२५ फेब्रुअरी २१ गतेदेखि २५ गतेसम्म आयोजना भएको चौथो क्योकुसिन तेजुका वर्ल्ड कपमा शेर्पाले नेपाल क्योकुसिन कराँते (इको) संघका तर्फबाट भाग लिनुभएको थियो । उहाँलाई १ लाख ५० हजार रुपियाँ नगदसहित सम्मान गरिएको हो ।

यस्तै सन् २०२५ नोभेम्बर ३० देखि डिसेम्बर १४ सम्म संयुक्त राज्य इमिरेट्स दुवइ आयोजना भएको मेन्स वल्र्ड बक्सिङ् च्याम्पियनसिपका कास्य पदक विजेता चन्द्रबहादुर थापालाई १ लाख रुपियाँ नगदसहित सम्मान गरियो । ५४ के. जी. तौल समूहमा प्रतिस्पर्धा गर्नुभएका थापाले इन्डोनेसियाको अरमानिया र क्वाटर फाइनलमा इरानलाई पराजित गरेर कास्य पदक प्राप्त गर्नुभएको थियो ।
सम्मान अवसरमा खेलका प्रशिक्षकहरुलाई समेत सम्मानित गरिएको थियो ।

सम्मानपछि बोल्दै सामाजिक समितिका संयोजक के. सी. ले, खेलाडीहरुको मनोवल उच्च बनाउने महानगरपालिकाले लगानी बढाउँदै लैजाने बताउनुभयो । ‘खेलाडीहरुले देशकै नाम राख्नुभएको छ । उहाँहरुलाई लक्ष्यमा पुग्न हामी सहयोग गर्छौँ ।’ के. सी. को भनाइ थियो ।

त्यस अवसरमा प्रशिक्षक र खेलाडीहरुले, महानगरपालिकाले खेल क्षेत्रबाट गरेको अपेक्षा पूरा गराउन आफूहरु मिहनेत गर्न प्रोत्साहित भएको बताउनुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, कार्यपालिका सदस्यहरु महेश नेपाली र ललिता खड्गी सहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

सिफारिस

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा सँग मंगलबार संसदीय सुनुवाइ...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको...

भर्खरै

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

धेरै पढिएको