कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन लागेको कर्पोरेट टी–१० लिग को पत्रकार सम्मेलन आज अनमोल बैंक्वेटमा भव्य रूपमा सम्पन्न भएको छ। पत्रकार सम्मेलनमार्फत आगामी वैशाख १३ देखि १६ गतेसम्म तल्लो मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको छ। कर्पोरेट टी–१० लिगमा कर्पोरेट क्षेत्रका प्रतिष्ठित ६ टोलीहरू: एनसेल, क्लाउडफ्याक्ट्री, सिप्रदी, आईसीएफसी फाइनान्स, सुबिसु र टेक्स्पायर कलेजको सहभागिता रहनेछ ।

पत्रकार सम्मेलनमा मुख्य प्रायोजक टेक्स्पायर कलेजका सीईओ तथा प्रिन्सिपल लक्ष्मण पोखरेलले कर्पोरेट टी–१० को आयोजनालाई कलेजका लागि गर्वको विषय भएको बताएका छन्। उनले कर्पोरेट क्षेत्र र खेलकुदबीचको सहकार्यलाई अझ मजबुत बनाउने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे।

पोखरेलले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै युवाहरूलाई खेलकुदप्रति प्रेरित गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। साथै, सहभागी सबै टोलीहरूलाई शुभकामना दिँदै उनले प्रतियोगितालाई सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए।

कर्पोरेट टी–१० का टेक्निकल डाइरेक्टर रवीन्द्र गुप्ताले प्रतियोगितालाई प्राविधिक रूपमा उत्कृष्ट, व्यवस्थित र निष्पक्ष बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। गुप्ताले खेल मैदानको तयारीदेखि लिएर अम्पायरिङ, स्कोरिङ तथा समग्र खेल सञ्चालनलाई व्यवस्थित ढंगले अगाडि बढाइने जानकारी दिए। कर्पोरेट टी–१० ले कर्पोरेट क्षेत्रमा खेलकुदको स्तर उकास्नुका साथै खेलाडीहरूमा अनुशासन र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

कर्पोरेट टी–१० का टुर्नामेन्ट डाइरेक्टर ज्योति भण्डारीले प्रतियोगितालाई सफल, व्यवस्थित र स्मरणीय बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कर्पोरेट क्षेत्रलाई एउटै मञ्चमा ल्याउँदै खेलकुदमार्फत सहकार्य र सम्बन्ध विस्तार गर्ने लक्ष्य रहेको बताए। भण्डारीले प्रतियोगिताको सम्पूर्ण व्यवस्थापनलाई प्रभावकारी ढंगले सञ्चालन गरिने जानकारी दिँदै खेलाडी, दर्शक तथा साझेदार सबैलाई उच्चस्तरीय अनुभव प्रदान गरिने बताए। उनले सहभागी सबै टोलीहरूलाई शुभकामना दिँदै प्रतियोगिताको सफलताका लागि सम्पूर्ण सरोकारवालाहरूको सहयोग आवश्यक रहेको उल्लेख गरे ।
पत्रकार सम्मेलनमा लिगको फेस अफ कर्पोरेट टी–१० महिला राष्ट्रिय क्रिकेटर खुसी डंगोलले खेलप्रतिको लगाव र सहभागिता बढाउन यस्ता प्लेटफर्म अत्यन्त महत्त्वपूर्ण रहेको र यसले महिला तथा पुरुष दुवैलाई प्रेरणा दिने धारणा व्यक्त गरेकी थिइन्।

यस प्रतियोगितालाई टेक्स्पायर कलेजले मुख्य प्रायोजन गरेको छ भने इनर्जी पार्टनर एक्सट्रिम इनर्जी ड्रिंक, बैंकिङ पार्टनर आईसीएफसी फाइनान्स, इन्टरनेट पार्टनर सुबिसु, हस्पिटालिटी पार्टनर अनमोल बैंक्वेट, मेडिकल पार्टनर होप हस्पिटल, ब्रोडकास्ट पार्टनर काष्ठमण्डप टेलिभिजन, ट्राभल पार्टनर बुद्ध इन्टरनेशनल र सपोर्टेड बाई माया ग्रुप, नेपाली राइनोज, द वन्डरल्यान्ड रहेका छन्।

आज आयोजित पत्रकार सम्मेलनमा टिम जर्सी तथा ट्रफी समेत सार्वजनिक गरिएको थियो। कर्पोरेट टी–१० लिग वैशाख १३ देखि १६ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताको प्रत्यक्ष्य प्रसारण काष्ठमण्डप टेलिभिजनमा हुनेछ।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको