मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर – जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको छ  । कार्यक्रममार्फत आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित महांकाल, कोन्ज्योसोम र बागमती गाउँपालिकाका विभिन्न धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको अवलोकन गरेको हो

अवलोकनका क्रममा महांकाल गाउँपालिकामा रहेको प्रसिद्ध कालेश्वर महादेव मन्दिर पुगेका सहभागीहरूले धार्मिक आस्था र ऐतिहासिक महत्वबारे जानकारी लिएका थिए । स्थानीय जनविश्वासअनुसार स्वस्थानी व्रतकथासँग सम्बन्धित यस क्षेत्रको धार्मिक महत्त्व विशेष रहेको छ । समुद्र सतहबाट करिब २ हजार ९ सय मिटर उचाइमा अवस्थित उक्त मन्दिर प्रत्येक वर्ष चैत पूर्णिमामा लाग्ने मेलाका कारण पनि चर्चित छ, जहाँ विभिन्न जिल्लाबाट हजारौँ भक्तजन पुग्ने गर्दछन् ।

प्याङगाउँस्थित आंगःछे देवस्थलमा प्रत्येक महिनाको औँसी र चतुर्थीमा विशेष पूजा हुने परम्परा रहेको छ । उक्त स्थलमा कडा धार्मिक नियमहरू लागू गरिएका छन्, जहाँ सीमित व्यक्तिहरूलाई मात्र प्रवेश अनुमति दिइएको छ ।

यसैगरी, कोन्ज्योसोम गाउँपालिकामा निर्माण गरिएको कोन्ज्योसोम प्रतिमा (बुद्धका तीन मूर्ति) को पनि अवलोकन गरिएको थियो । फूलबारी डाँडाबाट हिमाली शृङ्खलाहरू अवलोकन गर्न सकिने भएकाले यो क्षेत्र पछिल्लो समय पर्यटकको रोजाइमा पर्ने गरेको छ  ।

त्यस्तै बागमती गाउँपालिकाको भट्टेडाँडास्थित मैरेभिरको राडर क्षेत्र पनि अवलोकन गरिएको थियो ।यस क्षेत्रलाई साहसिक पर्यटन, दृश्यावलोकन तथा प्राकृतिक भ्रमणका लागि उपयुक्त गन्तव्यका रूपमा हेरिएको छ  ।

default
default
default
default
default
default
default
default

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको