राहुल गुप्ता,बिरगन्ज – बिरगन्जस्थित गण्डक अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितमध्ये २१ जना निको भएर घर फर्किएका छन्। बिशेष कोरोना अस्पताल घोषित गण्डक अस्पतालमा उपचाररत ३० संक्रमितमध्ये चार महिलासहित २१ जनालाई गएराती डिस्चार्ज गरिएकाे अस्पतालका ब्यवस्थापक डा. उदय नारायण सिंहले जानकारी दिए।
डा.सिहका अनुसार डिस्चार्ज हुने सबै सबै बिरगंज महानगरपालिकाका रहेका छन्। लगातार दोस्रो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएका कारण डिस्चार्ज गरिएकाे उनले बताए।
यससँगै बिरगंजमा नौ जना संक्रमितले मात्रै मात्रै उपचार गराइरहेका छन्।