नेपाल-बंगलादेश अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटसल च्याम्पियनसिप सम्पन्न

काठमाडौं – नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित आयोजित ‘नेपाल-बंगलादेश अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटसल च्याम्पियनसिप २०२६’ ललितपुरको हरिसिद्धिमा सम्पन्न भएको छ।

‘युनाइटेड बाई प्यासन, इन्स्पायर्ड बाई फुटसल’ भन्ने नारासहित आयोजित प्रतियोगिताले दुई देशबीचको खेलकुद, सांस्कृतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाएको आयोजकले जनाएको छ। प्रतियोगितामार्फत खेलकुदको माध्यमबाट दुई देशका खेलाडी तथा नागरिकबीच आपसी समझदारी र भाइचाराको भावना अभिवृद्धि भएको बताइएको छ।

मैत्रीपूर्ण प्रतिस्पर्धामा नेपालले बंगलादेशलाई ७–४ गोलअन्तरले पराजित गरेको थियो। प्रतियोगितामा सहभागी खेलाडीहरूलाई प्रमुख अतिथि तथा विशेष अतिथिहरूले मेडल र प्रमाणपत्र प्रदान गरेका थिए भने उत्कृष्ट खेलाडीहरूलाई ट्रफीद्वारा सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिनोद महर्जनले यस्ता प्रतियोगिताले युवा खेलाडीहरूमा आत्मविश्वास वृद्धि गर्नुका साथै खेलकुदमार्फत दुई देशबीचको कूटनीतिक तथा सामाजिक सम्बन्धलाई सुदृढ बनाउन सहयोग पुग्ने बताए।

नेपाल उसु महासंघका उपमहासचिव तथा मार्सलआर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजिव महर्जनले खेलकुदलाई दुई देशका नागरिकबीचको भावनात्मक सेतुको रूपमा व्याख्या गर्दै नेपाल र बंगलादेशबीचको मित्रता तथा भाइचारालाई यस्ता प्रतियोगिताले थप बलियो बनाउने उल्लेख गरे।

बंगलादेशी टोलीका प्रशिक्षकले आगामी दिनमा विजेता नेपाली टोलीलाई पूर्ण प्रायोजनमा बंगलादेश भ्रमण गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।

आयोजक त्रिशक्ति स्पोर्ट्स एकेडेमीका उमेश महर्जनले भविष्यमा पनि यस्ता अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता जनाए। प्रतियोगितामा सहभागी खेलाडीहरूको उत्साह, अनुशासन र प्रदर्शनले फुटसल खेलको भविष्य उज्ज्वल रहेको सन्देश दिएको आयोजकको भनाइ छ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको