संसदको नयाँ हल : भित्ता-सोफादेखि कार्पेटसम्म नीलै निलो (तस्वीरहरू)

काठमाडौं – सिंहदरबार परिसरभित्र निर्माण भइरहेको नयाँ संघीय संसद् भवनको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भएको छ। आधुनिक र भव्य डिजाइनमा तयार पारिएको उक्त भवन अब संसद् बैठक सञ्चालनका लागि पूर्ण रूपमा तयार भएको हो।

भवनको भित्री सजावट (इन्टेरियर) तथा आवश्यक प्राविधिक जडानका कामहरू सकिएसँगै संसद् बैठक सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको संसद् सचिवालयले जनाएको छ। नयाँ संसद् बैठक कक्षलाई नीलो रङ (Blue Theme) को प्रयोग गरिएको छ। हलभित्र प्रयोग गरिएका पर्दा, भित्ताहरू, कार्पेट तथा सोफाहरू समेत नीलो रङकै रहेका छन् ।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आगजनी भई व्यापक क्षति पुगेको थियो। उक्त घटनापछि संसद्का बैठकहरू सिंहदरबारस्थित अस्थायी हलमा सञ्चालन हुँदै आएका थिए।

अब सिंहदरबारभित्रै निर्माण गरिएको यो नयाँ स्थायी हल तयार भएसँगै संसद्का नियमित बैठकहरू यहीँबाट सञ्चालन गरिनेछ। सरकारले आगामी नयाँ आर्थिक वर्षको बजेटसमेत यही नयाँ संसद् भवनबाट सार्वजनिक गर्ने तयारी गरेको छ। संसद् सचिवालय र सम्बद्ध अधिकारीहरूले बजेट भाषण अगावै नयाँ हललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक सबै प्राविधिक र व्यवस्थापकीय तयारी तीव्र पारेका छन्।

यो नयाँ भवनको सञ्चालनसँगै नेपाली संसद्ले आफ्नै अत्याधुनिक र सुरक्षित स्थायी संरचना पाउने भएको छ।

 

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको