संसदको नयाँ हल : भित्ता-सोफादेखि कार्पेटसम्म नीलै निलो (तस्वीरहरू)

काठमाडौं – सिंहदरबार परिसरभित्र निर्माण भइरहेको नयाँ संघीय संसद् भवनको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भएको छ। आधुनिक र भव्य डिजाइनमा तयार पारिएको उक्त भवन अब संसद् बैठक सञ्चालनका लागि पूर्ण रूपमा तयार भएको हो।

भवनको भित्री सजावट (इन्टेरियर) तथा आवश्यक प्राविधिक जडानका कामहरू सकिएसँगै संसद् बैठक सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको संसद् सचिवालयले जनाएको छ। नयाँ संसद् बैठक कक्षलाई नीलो रङ (Blue Theme) को प्रयोग गरिएको छ। हलभित्र प्रयोग गरिएका पर्दा, भित्ताहरू, कार्पेट तथा सोफाहरू समेत नीलो रङकै रहेका छन् ।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आगजनी भई व्यापक क्षति पुगेको थियो। उक्त घटनापछि संसद्का बैठकहरू सिंहदरबारस्थित अस्थायी हलमा सञ्चालन हुँदै आएका थिए।

अब सिंहदरबारभित्रै निर्माण गरिएको यो नयाँ स्थायी हल तयार भएसँगै संसद्का नियमित बैठकहरू यहीँबाट सञ्चालन गरिनेछ। सरकारले आगामी नयाँ आर्थिक वर्षको बजेटसमेत यही नयाँ संसद् भवनबाट सार्वजनिक गर्ने तयारी गरेको छ। संसद् सचिवालय र सम्बद्ध अधिकारीहरूले बजेट भाषण अगावै नयाँ हललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक सबै प्राविधिक र व्यवस्थापकीय तयारी तीव्र पारेका छन्।

यो नयाँ भवनको सञ्चालनसँगै नेपाली संसद्ले आफ्नै अत्याधुनिक र सुरक्षित स्थायी संरचना पाउने भएको छ।

 

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको