भदौ २३ गते सुधन गुरूङको नेतृत्वमा हुलदंगा !

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोग ले भदौ २३ गते भएको जेनजी आन्दोलन हिंसात्मक बन्नुमा  सुधन गुरूङले नेतृत्व लिएपछि स्थिति नियन्त्रणबाहिर गएको निष्कर्ष निकालेको छ ।आयोगकी आयुक्त लिली थापा नेतृत्वको छानबिन समितिले तयार पारेको प्रतिवेदनमा गुरूङमाथि थप अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

प्रतिवेदनअनुसार भदौ २३ गते एभरेष्ट होटल अगाडि २० देखि २५ हजारको भीड जम्मा भइसकेपछि करिब १२ बजेतिर “हामी नेपाल” संस्थाका सुधन गुरूङले भीडको नेतृत्व गरेको देखिएको उल्लेख छ । आयोगले गुरूङले नेतृत्व लिएपछि प्रदर्शनकारी आक्रोशित बनेर सुरक्षा ब्यारिकेड तोड्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीसँग झडप र मुठभेड भई आन्दोलन हुलदंगामा परिणत भएको निष्कर्ष निकालेको हो ।

आयोगले ब्यारिकेड तोडफोड र हुलदंगापछि मात्रै सुरक्षाकर्मीले अश्रुग्यास तथा पानीको फोहोरा प्रयोग गरेको जनाएको छ ।

प्रतिवेदनमा फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गरिएपछि शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै सुधन गुरूङ, अंकित मल्ल, खेमराज साउद, सबल गौतम तथा पुरूषोत्तम यादव ले प्रशासनसँग अनुमति लिएको र प्रमुख जिल्ला अधिकारीलाई शान्तिपूर्ण कार्यक्रमको आश्वासन दिएको उल्लेख गरिएको छ ।

त्यस्तै, माइतीघरमा आन्दोलनको तयारीका क्रममा गुरूङले टेन्ट, स्वास्थ्य स्वयंसेवक, तीन वटा एम्बुलेन्स तथा माइकिङको व्यवस्था गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ । सो क्रममा रक्षा बम तथा जस्मिन ओझा लगायतका समूहले गुरूङसँग विवाद गर्दै आन्दोलनबाट फर्किन आग्रह गरेको आयोगले जनाएको छ ।

आयोगले आन्दोलन हिंसात्मक हुनुमा “टिओबी” लेखिएको कालो टिसर्ट लगाएका तथा शरीरमा सोही नामको ट्याटु खोपेका १५ देखि २० जनाको बाइकर समूह प्रवेशलाई महत्वपूर्ण परिघटनाका रूपमा उल्लेख गरेको छ ।

प्रतिवेदनमा “बाइकर समूहको प्रवेशपछि विध्वंसात्मक गतिविधि गर्ने समूहले नवयुवाको शान्तिपूर्ण प्रदर्शन कब्जा गरेको देखिन्छ” भनिएको छ । साथै, उक्त समूहको वास्तविक अवस्थाबारे थप अनुसन्धान आवश्यक रहेको आयोगको निष्कर्ष छ ।

आयोगले शान्तिपूर्ण प्रदर्शनका लागि अनुमति लिएर पनि आन्दोलन हिंसात्मक बन्दा रोक्न नसकेको भन्दै सुधन गुरूङमाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ । प्रदर्शनअघि, प्रदर्शनका क्रममा तथा त्यसपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत उनले दिएका अभिव्यक्तिले प्रदर्शनकारीलाई उत्तेजित बनाएको हो वा होइन भन्ने विषयमा समेत सूक्ष्म अनुसन्धान गर्न आयोगले सरकारलाई सुझाव दिएको छ ।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको