महोत्तरीमा रोह्तो मेन्थोलेटमको नयाँ फ्याक्ट्री निर्माण सुरु

काठमाडौं – रोह्तो मेन्थोलेटम नेपाल प्रालिले महोत्तरीको बलवा नगरपालिका क्षेत्रमा निर्माण गर्न लागिएको आफ्नो नयाँ उत्पादन केन्द्र (फ्याक्ट्री) को भूमिपूजन सम्पन्न गरेको छ। कम्पनीले एक समारोहमार्फत नयाँ उद्योग स्थापनाको औपचारिक सुरुवात गरेको हो।

भूमिपूजन कार्यक्रममा कम्पनीकी प्रबन्ध निर्देशक रान डाङ बिक थाओसहित रोह्तोका उच्च पदस्थ अधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कम्पनीका अनुसार नयाँ फ्याक्ट्री निर्माणसँगै नेपालमा उत्पादन क्षमता विस्तार, सञ्चालन दक्षता अभिवृद्धि तथा दीर्घकालीन दिगो विकासको लक्ष्यलाई थप सुदृढ बनाइनेछ।

कम्पनीले नयाँ उद्योग स्थानीय उत्पादन प्रवर्द्धन, जिम्मेवार व्यवसायिक अभ्यास तथा आपूर्ति शृङ्खलाको प्रभावकारिता बढाउने दिशामा महत्वपूर्ण कदम हुने जनाएको छ। सञ्चालनमा आएपछि फ्याक्ट्रीले रोजगारी सिर्जना, स्थानीय समुदायको सशक्तीकरण तथा क्षेत्रीय आर्थिक गतिविधिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

रोह्तोले सुरक्षा, वातावरणीय जिम्मेवारी तथा समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै उच्च गुणस्तरीय उत्पादन उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ।

रोह्तो मेन्थोलेटम नेपाल प्रालि जापानको विश्वप्रसिद्ध स्किनकेयर तथा स्वास्थ्य सामग्री उत्पादक कम्पनी Rohto Pharmaceutical Co., Ltd. को सहायक कम्पनी हो। नेपालमा सन् २०१९ देखि सञ्चालनमा रहेको कम्पनीले विभिन्न स्किनकेयर तथा स्वास्थ्यसम्बन्धी उत्पादनहरू उत्पादन तथा वितरण गर्दै आएको छ।

१२५ वर्षभन्दा लामो इतिहास बोकेको रोह्तो फर्मास्युटिकलले औषधि, छाला स्वास्थ्य तथा उपभोक्ता स्वास्थ्य क्षेत्रमा विश्वव्यापी पहिचान बनाएको छ। कम्पनी नवप्रवर्तन, उच्च गुणस्तर र विज्ञानमा आधारित स्वास्थ्य समाधानका लागि परिचित छ।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको