आयोगको प्रतिवेदनपछि रास्वपा सांसदको प्रतिक्रिया : ‘युद्ध जारी छ, कथा अहिले नलेख्नुहोस्’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकाल ले राष्ट्रिय मानवअधिकार आयोगको पछिल्लो प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्।

बुधबार साँझ फेसबुकमा स्टाटस लेख्दै उनले महाभारतको प्रसंग उल्लेख गर्दै ‘युद्ध सकिनुअघि कथा लेख्न हतार नगर्न’ आग्रह गरेका हुन्। आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा रास्वपा सभापति रवि लामिछाने लाई जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट भगाउन भूमिका खेलेको तथा आन्दोलनलाई हिंसात्मक बनाउन संलग्न रहेको आशंकामा थप अनुसन्धान गर्न सिफारिस गरेको थियो।

प्रतिवेदन सार्वजनिक भएपछि सांसद ढकालले फेसबुकमा लेखेका छन्, “युद्ध हुँदाहुँदै महाभारत लेखिएको होइन, युद्ध सकिएको धेरैपछि लेखिएको हो। युद्ध चलिरहेको छ भने कथा लेख्ने हतार नगर्नुहोस्। युद्ध सकिएपछि ढुक्कसँग लेखौँला।”

उनले युद्धकै बीचमा लेखिएका निष्कर्षहरू स्थायी नहुने दाबी गर्दै लेखेका छन्, “युद्ध नसकिँदै कथा लेख्न खोज्नेहरूको कथा पानीको फोकाजस्तै अस्थायी हुन्छ। युद्ध जारी छ, अझै केही समय चलिरहन्छ।”

महाभारतको प्रसंग जोड्दै उनले अभिमन्युको बलिदानीपछि युद्ध थप चर्किएको स्मरण गराएका छन्। साथै, घटनाक्रमलाई तटस्थ ढंगले हेर्न आग्रह गर्दै उनले लेखेका छन्, “बर्बरिकले देखे जस्तै वा सञ्जयले देखे जस्तै तटस्थ भावले युद्ध हेर्नुहोला।”

ढकालको अभिव्यक्तिलाई आयोगको प्रतिवेदनप्रतिको अप्रत्यक्ष टिप्पणीका रूपमा हेरिएको छ। यद्यपि उनले प्रतिवेदन वा आयोगको नाम भने उल्लेख गरेका छैनन्। उता, राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो प्रतिवेदन कानुनबमोजिमको अनुसन्धान र तथ्यका आधारमा तयार गरिएको जनाएको छ।

सिफारिस

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले प्रविधिमैत्री व्यवस्थापनलाई प्राथमिकता दिएको छ । सीसीटिभी क्यामेरामार्फत ट्राफिक निगरानी, ट्राफिक प्रवाहको विश्लेषण...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रत्येक फ्रेन्चाइज टोलीले अक्सनमार्फत थप दुई नेपाली...

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धेरै पढिएको