काठमाडौँ- सप्तरीमा मंगलबार मृत्यु भएकी गर्भवती महिलामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । परीक्षणपछि उनको रिपोर्ट नेगेटिभ आएको सप्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी तिलक भारतीले जानकारी दिए ।
कञ्चनरुप नगरपालिका- ११ ठेलियाकी २४ वर्षीया गर्भवती महिला निरन्तर ज्वरो आउने, श्वास लिन गाह्रो हुने समस्या देखिएपछि उनलाई घरकै आइसोलेसनमा राखिएको थियो ।
उनको स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो ।
मृत्यु भएकी महिलाको मंगलबार नै दाह संस्कार गरिएको थियो ।