कलात्मक गुँड बुन्दै प्रेम र सिपको प्रतीक तोप चरा (तस्वीरहरू)

काठमाडौँ – भँगेरा वर्गमा पर्ने तोप चरा (बया) आफ्नो अद्भुत गुँड निर्माण कला र रोचक प्रजनन व्यवहारका कारण परिचित छ। इन्जिनियरिङ सीपका कारण यसलाई ‘इन्जिनियर चरा’ समेत भनिन्छ। कतिपय स्थानमा यसलाई सुजेरो वा बकेचो नामले पनि चिनिन्छ।

ललितपुरको धापाखेल क्षेत्रमा यतिबेला तोप चराका भालेहरू घाँस र वनस्पतिको रेसा प्रयोग गरेर आकर्षक गुँड बनाउन व्यस्त देखिन्छन्। चुच्चोको सहायताले बुनेर बनाइने यी गुँडहरू झट्ट हेर्दा मानिसले सिलाएको जस्तै कलात्मक र व्यवस्थित देखिन्छन्।

तोप चराको प्रजनन प्रक्रियामा भालेको पहिलो र प्रमुख जिम्मेवारी गुँड निर्माण गर्नु हो। गुँड बनिसकेपछि पोथीले त्यसको निरीक्षण गर्छ। गुँड मन परे मात्र पोथी भित्र पस्छ र जोडी बन्ने प्रक्रिया अघि बढ्छ। यदि गुँड मन परेन भने पोथीले अस्वीकार गर्ने भएकाले भालेले नयाँ गुँड निर्माण गर्न वा अर्को पोथीलाई आकर्षित गर्नुपर्ने हुन्छ।

जोडी बनेपछि उनीहरूले त्यही गुँडमा अण्डा पार्ने र बच्चा कोरल्ने गर्छन्। नेपालमा विशेषगरी तराई क्षेत्रमा तोप चराका चार प्रकार पाइने बताइन्छ।

प्राकृतिक रूपमा कुशल वास्तुकार मानिने तोप चराले आफ्ना गुँडहरू प्रायः रूखका हाँगामा झुन्ड्याएर बनाउँछन्। हावासँगै हल्लिने संरचनाका कारण सर्प तथा अन्य शत्रुहरूलाई गुँडभित्र प्रवेश गर्न कठिन हुन्छ। खराब मौसमबाट पनि गुँड सुरक्षित रहोस् भन्ने हिसाबले यसको बनावट तयार गरिन्छ।

काठमाडौँ उपत्यकामा खिचिएका दृश्यहरूले तोप चराको यही अद्भुत सीप, प्रेम र प्रकृतिसँगको सामञ्जस्यलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्।

   

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको