कलात्मक गुँड बुन्दै प्रेम र सिपको प्रतीक तोप चरा (तस्वीरहरू)

काठमाडौँ – भँगेरा वर्गमा पर्ने तोप चरा (बया) आफ्नो अद्भुत गुँड निर्माण कला र रोचक प्रजनन व्यवहारका कारण परिचित छ। इन्जिनियरिङ सीपका कारण यसलाई ‘इन्जिनियर चरा’ समेत भनिन्छ। कतिपय स्थानमा यसलाई सुजेरो वा बकेचो नामले पनि चिनिन्छ।

ललितपुरको धापाखेल क्षेत्रमा यतिबेला तोप चराका भालेहरू घाँस र वनस्पतिको रेसा प्रयोग गरेर आकर्षक गुँड बनाउन व्यस्त देखिन्छन्। चुच्चोको सहायताले बुनेर बनाइने यी गुँडहरू झट्ट हेर्दा मानिसले सिलाएको जस्तै कलात्मक र व्यवस्थित देखिन्छन्।

तोप चराको प्रजनन प्रक्रियामा भालेको पहिलो र प्रमुख जिम्मेवारी गुँड निर्माण गर्नु हो। गुँड बनिसकेपछि पोथीले त्यसको निरीक्षण गर्छ। गुँड मन परे मात्र पोथी भित्र पस्छ र जोडी बन्ने प्रक्रिया अघि बढ्छ। यदि गुँड मन परेन भने पोथीले अस्वीकार गर्ने भएकाले भालेले नयाँ गुँड निर्माण गर्न वा अर्को पोथीलाई आकर्षित गर्नुपर्ने हुन्छ।

जोडी बनेपछि उनीहरूले त्यही गुँडमा अण्डा पार्ने र बच्चा कोरल्ने गर्छन्। नेपालमा विशेषगरी तराई क्षेत्रमा तोप चराका चार प्रकार पाइने बताइन्छ।

प्राकृतिक रूपमा कुशल वास्तुकार मानिने तोप चराले आफ्ना गुँडहरू प्रायः रूखका हाँगामा झुन्ड्याएर बनाउँछन्। हावासँगै हल्लिने संरचनाका कारण सर्प तथा अन्य शत्रुहरूलाई गुँडभित्र प्रवेश गर्न कठिन हुन्छ। खराब मौसमबाट पनि गुँड सुरक्षित रहोस् भन्ने हिसाबले यसको बनावट तयार गरिन्छ।

काठमाडौँ उपत्यकामा खिचिएका दृश्यहरूले तोप चराको यही अद्भुत सीप, प्रेम र प्रकृतिसँगको सामञ्जस्यलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्।

   

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको