‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं – अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा सामाजिक जीवनमा बढ्दो असरबारे जनचेतना फैलाउने उद्देश्यले ‘हिट एक्सन डे २०२६’ काठमाडौंमा सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी, अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघ (आईएफआरसी) तथा यसका सदस्य संस्थाहरूको संयुक्त आयोजनामा द सोल्टी होटलमा कार्यक्रम आयोजना गरिएको हो।

यस वर्षको ‘हिट एक्सन डे’ घर, विद्यालय, कार्यस्थल तथा अन्य बन्द संरचनाभित्र बढ्दो तापक्रमका कारण उत्पन्न हुने जोखिममा केन्द्रित रहेको थियो। कार्यक्रममा गर्मीजन्य स्वास्थ्य समस्या, जोखिम न्यूनीकरणका उपाय तथा अनुकूलन रणनीतिबारे जानकारी दिइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघका प्रतिनिधि प्रमुख डेभिड फिसरले सन् २०२४ जुनदेखि २०२५ जुनसम्म विश्वका करिब चार अर्ब मानिसले जलवायु परिवर्तनका कारण कम्तीमा एक महिना बढी अत्यधिक गर्मीको सामना गर्नुपरेको अध्ययनले देखाएको बताए। उनले श्वासप्रश्वास, मुटु तथा मिर्गौला रोगी, गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिकहरू गर्मीबाट बढी प्रभावित हुने उल्लेख गरे।

जल तथा मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठले समुद्री सतहको तापक्रममा आएको परिवर्तन तथा विकसित हुँदै गरेको एल निनोको प्रभावका कारण नेपालसहित एसियाली देशहरूमा यस वर्ष मनसुनी अवधिमा औसतभन्दा बढी तापक्रम रहने प्रक्षेपण गरिएको जानकारी दिइन्। उनका अनुसार तातो लहरका कारण लूलगायत स्वास्थ्य समस्या बढ्न सक्ने भएकाले समयमै अनुकूलनका उपाय अपनाउन आवश्यक छ।

विपद् व्यवस्थापन महाशाखा प्रमुख सुरेश पन्थीले अत्यधिक गर्मीको जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, जनचेतना र विभिन्न निकायबीच समन्वित प्रयास आवश्यक रहेको बताए।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री मीनबहादुर मल्लले जलवायु परिवर्तनका कारण बढ्दो गर्मीको प्रभाव न्यूनीकरण गर्न विश्वभर ‘हिट एक्सन डे’ मनाइँदै आएको उल्लेख गर्दै तातो हावा र लूबाट बच्ने उपायबारे जनचेतना फैलाउन रेडक्रसले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।

कार्यक्रममा गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग, विकास साझेदार संस्था, कूटनीतिक नियोग, गैरसरकारी संस्था, निजी क्षेत्र, शैक्षिक संस्था तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। ‘हिट प्याभिलियन’ मार्फत गर्मीसम्बन्धी सूचना सामग्री, फोटो तथा भिडियो प्रदर्शनी गरिएको थियो भने कला कक्षमा सहभागीहरूले गर्मीसम्बन्धी सन्देशमूलक कलाकृतिहरू प्रदर्शन गरेका थिए।

आयोजकहरूले अत्यधिक गर्मीबाट हुने रोग तथा मृत्यु न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, सामुदायिक तयारी, प्रारम्भिक कार्ययोजना तथा बहुपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

विश्वव्यापी रूपमा पाँचौं संस्करणको ‘हिट एक्सन डे–२०२६’ मनाइएको हो। सन् २०२२ मा सुरु भएको यो अभियानले अत्यधिक गर्मीको जोखिमबारे जनचेतना फैलाउने तथा सुरक्षित रहने उपायहरूबारे जानकारी साझा गर्ने लक्ष्य राखेको छ।

यस वर्ष एल निनोको प्रभावका कारण नेपाललगायत एसियाली देशहरूमा औसतभन्दा बढी तापक्रम रहने प्रक्षेपण गरिएकाले विद्यार्थी, किसान, मजदुर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू विशेष रूपमा प्रभावित हुन सक्ने चेतावनी विज्ञहरूले दिएका छन्। उनीहरूले अत्यधिक गर्मीबाट बच्न पर्याप्त पानी पिउने, दिउँसोको चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कने, छायाँयुक्त स्थानमा बस्ने तथा पर्याप्त विश्राम गर्ने जस्ता सावधानी अपनाउन आग्रह गरेका छन्।

सिफारिस

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। सभापति पदमा उनको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित...

प्रहरीलाई पनि अब महिनाको दुइ पटक तलब

काठमाडौं । नेपाल प्रहरीले अबदेखि महिनामा दुई पटक तलब पाउने भएका छन्। प्रहरी प्रधान कार्यालयले मातहतका सबै कार्यालयलाई परिपत्र गर्दै आगामी आर्थिक वर्ष २०८३/८४...

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ - सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको...

भर्खरै

प्रहरीलाई पनि अब महिनाको दुइ पटक तलब

काठमाडौं । नेपाल प्रहरीले अबदेखि महिनामा दुई पटक तलब...

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ - सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा (एमाले)का...

रविले दिए सभापतिमा उम्मेदवारी, बालेन बने प्रस्तावक

चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

आफैं गाडी चलाउँदै रास्वपा महाधिवेशनस्थल पुगे बालेन (तस्वीरहरु)

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

सुर्खेत — नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल...

राहदानी छपाइ प्रकरण : १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं - विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी...

धेरै पढिएको