राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्रजस्ता शासन प्रणालीहरू समाप्त भइसकेको उल्लेख गर्दै अहिले देखिएको अराजकतन्त्र पनि धेरै समय नटिक्ने बताएका छन्।

एमाले केन्द्रीय संगठन विभागद्वारा आयोजित ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै ओलीले समय सधैं एकनास नहुने भएकाले कसैले पनि धेरै उत्साहित वा अहंकारी बन्न नहुने चेतावनी दिए।

उनले नेपालका राजनीतिक परिवर्तनहरूलाई स्मरण गर्दै विभिन्न शासन प्रणालीहरू इतिहास बनेको उल्लेख गरे। अब अराजकतन्त्रको अन्त्य पनि निश्चित रहेको उनको भनाइ थियो।

ओलीले गएको भदौ २३ र २४ गते भएका घटनाहरूलाई पूर्वनियोजित र षड्यन्त्रपूर्ण आपराधिक गतिविधि भएको दाबी गरे। नवयुवाको हत्या तथा अन्य आपराधिक क्रियाकलापलाई केही समूहले क्रान्तिको नाम दिन खोजे पनि त्यसलाई राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले नै षड्यन्त्रपूर्ण र प्रायोजित घटना ठहर गरेको उनको भनाइ थियो।

“यो मैले भनेको होइन, राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले भनेको हो। भदौ २३ र २४ को आक्रमण पहिल्यै षड्यन्त्र गरिएको प्रायोजित घटना थियो,” ओलीले भने।

उनले उक्त षड्यन्त्र एमालेविरुद्ध मात्र नभई राष्ट्रविरुद्ध पनि लक्षित रहेको बताए। “त्यो षड्यन्त्र एमालेका विरुद्धमा त थियो नै, त्यो राष्ट्रको विरुद्धमा पनि थियो,” उनले भने।ओलीले जनताबाट निर्वाचित बहुमत प्राप्त सरकारलाई संवैधानिक र संसदीय प्रक्रियाबाट हटाउन नसकेपछि अवैधानिक तथा आपराधिक माध्यम अपनाइएको आरोप लगाए।

“हाम्रो सरकार अत्यधिक बहुमतको सरकार थियो। त्यस सरकारलाई संवैधानिक, कानुनी र संसदीय बाटोबाट ढाल्ने प्रयास गरियो। त्यो सम्भव नभएपछि अवैधानिक र आपराधिक मार्गबाट विस्थापित गर्ने षड्यन्त्र भयो,” उनले भने।

उनका अनुसार सरकारविरुद्ध विभिन्न प्रकारका गतिविधिका लागि तालिमसमेत सञ्चालन गरिएको थियो। आगजनीका घटनामा अत्यधिक ज्वलनशील पदार्थ प्रयोग गरिएको, देशव्यापी रूपमा आगलागी गराउने योजना बनाइएको तथा गुगलमार्फत ठेगाना खोजेर नेताहरूका घरमा आगजनी गरिएको दाबी उनले गरे।

ओलीले लोकतान्त्रिक प्रणाली, सुशासन र विकासका उपलब्धिमाथि प्रहार गर्ने प्रयास सफल नहुने भन्दै एमाले कार्यकर्तालाई संगठन सुदृढीकरण र जनतामाझ पार्टीको सन्देश पुर्‍याउन सक्रिय हुन आग्रह गरे।

सिफारिस

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

भर्खरै

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

धेरै पढिएको