फोटो पत्रकारहरूका लागि प्राथमिक उपचार तालिम सम्पन्न

काठमाडौं – सम्पादक समाज नेपालको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा फोटो पत्रकारहरूका लागि आयोजित दुईदिने प्राथमिक उपचार (फर्स्ट एड) तालिम सम्पन्न भएको छ।

गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र, सुइरेचौरस्थित सम्पादक समाज नेपालको भवनमा जेठ २३ र २४ गते सञ्चालन गरिएको तालिममा विभिन्न सञ्चार माध्यममा कार्यरत १० जना फोटो पत्रकारहरूको सहभागिता रहेको थियो।

तालिम समापन कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया, नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाका सभापति श्यामकाजी डोटेल, सम्पादक समाज नेपालका उपाध्यक्ष जुनारबाबु बस्नेत, रेडक्रस जिल्ला शाखाका सदस्य नवराज काफ्ले तथा समाजका संरक्षक किरण वैद्यले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो।

तालिममा दुर्घटना, आपत्कालीन अवस्थाहरूमा आवश्यक प्राथमिक उपचारका आधारभूत सीप, घाइतेको उद्धार, रक्तस्राव नियन्त्रण, हाडजोर्नी तथा चोटपटक व्यवस्थापनलगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै सम्पादक समाज नेपालका महासचिव श्यामकाजी डोटेलले फोटो पत्रकारहरू प्रायः सभा, जुलुस, आन्दोलन, विपद् तथा अन्य जोखिमपूर्ण घटनास्थलमा अग्रपंक्तिमा खटिने भएकाले उनीहरूको सुरक्षालाई ध्यानमा राखेर तालिम आयोजना गरिएको बताउनुभयो। उहाँले फिल्डमा कार्यरत पत्रकार वा उनीहरूका सहकर्मी घाइते भएको अवस्थामा तत्काल प्राथमिक उपचार प्रदान गर्न सक्ने क्षमता विकास गर्नु तालिमको मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो।

“फोटो पत्रकारहरू प्रायः जोखिमपूर्ण परिस्थितिमा काम गर्ने भएकाले आकस्मिक दुर्घटना वा चोटपटक लाग्दा तत्काल प्राथमिक उपचार गर्न सक्ने सीप आवश्यक हुन्छ। यस्तो सीपले घाइतेको अवस्था थप जटिल हुन नदिई सुरक्षित रूपमा अस्पतालसम्म पुर्‍याउन सहयोग पुर्‍याउँछ,” डोटेलले भन्नुभयो।

प्रशिक्षणपश्चात् सहभागीहरूको तर्फबाट बोल्दै फोटो पत्रकार शम्भु दंगालले वर्तमान परिवेशमा फोटो पत्रकारहरूका लागि फर्स्ट एड तालिम अत्यन्त सान्दर्भिक र आवश्यक रहेको बताउनुभयो। उहाँले फोटो पत्रकारहरू सभा, जुलुस, आन्दोलन, विपद् तथा अन्य जोखिमयुक्त घटनास्थलमा सबैभन्दा पहिले पुग्ने भएकाले उनीहरूलाई दुर्घटना वा अन्य अप्रत्याशित परिस्थितिको जोखिम बढी रहने उल्लेख गर्नुभयो।

“यस्तो अवस्थामा तत्काल प्राथमिक उपचारका लागि आवश्यक ज्ञान र सीप अत्यन्त महत्वपूर्ण हुन्छ। यस तालिमबाट प्राप्त ज्ञानले पत्रकारहरूलाई आफू तथा आफ्ना सहकर्मीहरूको सुरक्षामा सहयोग पुग्ने विश्वास लिएका छौँ,” दंगालले भन्नुभयो।

   

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको