मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि सरकारले विशेष चासो देखाएको छ। मन्त्रिपरिषद्को आजको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरूको देशव्यापी प्रवर्द्धन र बजार विस्तारका विषयमा विस्तृत छलफल भएको छ।

बैठकमा गीता चौधरी ले डीडीसीका उत्पादनहरूको प्रयोग र प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्ने विषयलाई प्रमुख एजेन्डाका रूपमा प्रस्तुत गर्नुभएको थियो। उहाँले स्वदेशी दुग्ध उत्पादनको संरक्षण, दुग्ध किसानको हित प्रवर्द्धन तथा संस्थानको व्यावसायिक सुदृढीकरणका लागि सरकारका विभिन्न निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो।

मन्त्री चौधरीले नेपाली किसानबाट सङ्कलित दूधको उचित व्यवस्थापन, उत्पादनको सुनिश्चित बजार तथा उपभोक्तामाझ स्वदेशी दुग्धजन्य वस्तुको प्रयोग बढाउन सरकारी तहबाट आवश्यक सहयोग हुनुपर्नेमा जोड दिनुभयो। साथै, डीडीसीलाई थप प्रतिस्पर्धी, गुणस्तरीय र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न नीति तथा कार्यक्रममार्फत सहयोग आवश्यक रहेको धारणा राख्नुभयो।

बैठककै क्रममा मन्त्री चौधरीले वालेन्द्र शाह सहित मन्त्रिपरिषद्का सदस्यहरूलाई डीडीसीका विभिन्न उत्पादनहरूको प्याकेज वितरण गर्नुभएको थियो।

लामो समयदेखि नेपाली उपभोक्तालाई शुद्ध तथा गुणस्तरीय दूध, घिउ, दही, पनिर, चिजलगायतका दुग्धजन्य उत्पादन उपलब्ध गराउँदै आएको डीडीसीको प्रवर्द्धन अभियानलाई प्रधानमन्त्री शाहले समेत समर्थन जनाउनुभएको छ। प्रधानमन्त्रीले स्वदेशी उत्पादनको उपभोग बढाउन डीडीसीका उत्पादनहरूको प्रचार–प्रसार गर्दै नेपाली वस्तु प्रयोगलाई प्रोत्साहन गर्ने सन्देश दिनुभएको बताइएको छ।

सरकारले स्वदेशी उत्पादनको संरक्षण, किसानको आयवृद्धि तथा राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन यस्ता अभियानलाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।

सिफारिस

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले प्रविधिमैत्री व्यवस्थापनलाई प्राथमिकता दिएको छ । सीसीटिभी क्यामेरामार्फत ट्राफिक निगरानी, ट्राफिक प्रवाहको विश्लेषण...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रत्येक फ्रेन्चाइज टोलीले अक्सनमार्फत थप दुई नेपाली...

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धेरै पढिएको