भोली नै कार्यसमिति बैठक बोलाउन देउवालाई गगनको दवाव, चलखेल बढेको आशंका

काठमाडौं – नेपाली काँग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकका लागि ढिला नगर्न आग्रह गर्नुभएको छ । नक्सा सम्वन्धी विषयमा अनेक चलखेलहरु भइरहेको र नक्सालाई संविधानमा समावेश गर्ने प्रक्रिया विचैमा तुहिनसक्ने आशंका बढीरहेका बेला नेता थापाले बैठकका लागि ढिला नगर्न आह्वान गर्नुभएको हो । पार्टी सभापति शेरबहादुर देउवालाई नेता थापाले बैठक बोलाउन ढिला गर्न नहुने तर्फ ध्यानाकर्षण गराउनु भएको छ । उहाँले परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षलाई औपचारिकता दिनका लागि मात्रै बैठक बोलाउन लागिएकाले ढिला नगरी भोली नै बैठक बोलाउनु पर्नेमा जोड दिनुभएको छ ।

सामाजिक सञ्जालहरुमा उहाँले लेख्नुभएको छ, “परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो। सभापतिज्यू भोलि नै बैठक बोलाई यो औपचारिकता पूरा गरौँ । काँग्रेस नेता थापाले पार्टीले यस विषयलाई तत्काल औपचारिक निर्णय गरेर ’फास्ट ट्रयाक’बाट संविधान संशोधन प्रस्तावलाई पारित गर्नेगरी नेतृत्वदायी भूमिका खेल्न पनि आग्रह गर्नुभएको छ ।

भारतले सीमाना मिचेको विरुद्धमा नेता थापा सर्वाधिक सक्रियताका साथ लाग्नु भएको छ भने हडपिएको जमिनमा नेपालको नियन्त्रण कायम गराउन संसदबाट संकल्प गर्नुपर्नेमा पनि उहाँले जोड दिदै आउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा आज संशोधन प्रस्ताव पेश गर्ने भनिएपनि अन्तिममा आएर कार्यसूचीबाट हटाइएपछि आशंका बढ्दै गइरहेका बेला उहाँले काँग्रेसलाई तत्काल औपचारिक निर्णय गर्न जोड दिनुभएको हो । भारतीय पक्षबाट विभिन्न पार्टीका नेताहरुलाई नक्सा पारित नगर्न दवाव आएको चर्चा व्यापक भइरहेका बेला त्यसबाट प्रभावित नहुन नेता थापाले नेताहरुलाई झकझक्याउदै आउनुभएको छ ।

सिफारिस

‘प्रचण्ड’ शौचालयमा लडेर घाइते

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी घाइते भएका...

पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं - पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले पुष्टि गर्‍यो...

स्वास्थ्य क्षेत्रमा माफियाको हस्तक्षेप: टेन्डर लुट्न मिडियाको दुरुपयोग

काठमाडौं - नेपालको स्वास्थ्य प्रणाली सुधारको प्रयास भइरहेका बेला यस क्षेत्रमै केही माफियातत्त्वहरू सक्रिय भएर टेन्डर प्रक्रियालाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन्। यस्ता समूहरूले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं - पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन...

स्वास्थ्य क्षेत्रमा माफियाको हस्तक्षेप: टेन्डर लुट्न मिडियाको दुरुपयोग

काठमाडौं - नेपालको स्वास्थ्य प्रणाली सुधारको प्रयास भइरहेका बेला...

उर्जा राज्यमन्त्री गर्बुजाद्धारा पदबहाली

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले...

जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन

काभ्रेपलाञ्चोक - यहाँको मण्डनदेउपुर नगरपालिकाले स्थानीय जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई...

कक्षा १२ को परीक्षा आजदेखि, ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी हुँदै

भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा...

२२ गतेदेखि नागढुंगा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

त्रिभुवन राजपथको नागढुंगा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले...

धेरै पढिएको