नयाँ बसपार्क ट्राफिकको सडक सुरक्षा सम्बन्धी एकमहिने सचेतना कार्यक्रम सुरु

काठमाडौं — ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको आयोजनामा सडक प्रयोगकर्तालाई लक्षित गर्दै सडक सुरक्षा तथा सडक अनुशासन सम्बन्धी एकमहिने सचेतना कार्यक्रम सुरु गरिएको छ। आज असार १ गतेदेखि सुरु भएको कार्यक्रम एक महिनासम्म सञ्चालन हुने जनाइएको छ।

सवारी चालक तथा पैदल यात्रुलाई ट्राफिक नियमको पालना, सुरक्षित यात्रा, सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी तथा अनुशासित व्यवहारबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले जानकारी दिए ।

कार्यक्रम अन्तर्गत विभिन्न स्थानमा जनचेतनामूलक अभियान, प्रत्यक्ष अन्तरक्रिया, पर्चा वितरण तथा सडक प्रयोगकर्तालाई ट्राफिक नियमसम्बन्धी जानकारी प्रदान गरिनेछ। विशेषगरी सडक दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनमा सहयोग तथा सुरक्षित सडक संस्कृतिको विकासमा कार्यक्रम केन्द्रित रहने जनाइएको छ।

प्रहरी निरीक्षक सिलवालले सडक सुरक्षामा सबै पक्षको साझा जिम्मेवारी रहने उल्लेख गर्दै ट्राफिक नियमको जानकारी मात्र पर्याप्त नहुने, त्यसको व्यवहारिक पालना पनि उत्तिकै आवश्यक रहेको बताए। उनले चालक, पैदल यात्रु तथा सबै सडक प्रयोगकर्ताले अनुशासित भएर सडक प्रयोग गरे सुरक्षित यात्रा सुनिश्चित गर्न सकिने पनि धारणा राखे।

उनका अनुसार जनचेतना अभिवृद्धिमार्फत सडक दुर्घटना न्यूनीकरण गर्ने तथा जिम्मेवार सडक प्रयोगको संस्कार विकास गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो। साथै, उनले सबै सडक प्रयोगकर्तालाई ट्राफिक नियमको पालना गर्न, ट्राफिक संकेतको सम्मान गर्न तथा सुरक्षित यात्राको संस्कार अपनाउन पनि आग्रह गरे ।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको