शहीद परिवारले पाए प्राधिकरणमा जागिर, कुलमान घिसिङ खुशी

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारका सदस्यहरूले नेपाल विद्युत प्राधिकरणमा जागिर पाएकोमा खुशी व्यक्त गरेका छन्।

घिसिङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारमध्ये १६ परिवारका सदस्यले नेपाल विद्युत प्राधिकरणमा करार सेवामा रोजगारी प्राप्त गरेको जानकारी दिएका हुन्।

उनका अनुसार आफू ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रीको जिम्मेवारीमा रहँदा आफ्नै अध्यक्षतामा गत पुस २२ गते बसेको सम्बन्धित समितिको बैठकले उक्त निर्णय गरेको थियो।

घिसिङले तत्कालीन समयमा शहीद परिवारका तर्फबाट २७ वटा निवेदन प्राप्त भएको उल्लेख गर्दै परिवारका सदस्यहरूको पहिचान गरी उनीहरूको शैक्षिक योग्यताका आधारमा नजिकको प्राधिकरण कार्यालयमा तीन तहसम्म करार नियुक्तिको व्यवस्था गरिएको बताएका छन्।

उनले उक्त निर्णय सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता, मन्त्रिपरिषद्बाट स्वीकृत सहायता सम्बन्धी कार्यविधि तथा शहीद परिवारका सदस्यहरूको निवेदनका आधारमा गरिएको स्पष्ट पारेका छन्।

शहीद परिवारका सदस्यहरूले रोजगारीको अवसर प्राप्त गरेकोमा आफूलाई खुशी र सन्तुष्टि मिलेको घिसिङले बताएका छन्।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको