कर्पोरेट फोटोग्राफी एक्सिलेन्स अवार्डबाट प्रदीपराज वन्त सम्मानित

काठमाडौं – राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत वरिष्ठ फोटोपत्रकार तथा राष्ट्रिय फोटोपत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएका छन्  ।
कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित ‘कर्पोरेट एक्सिलेन्स अवार्ड–२०२६’ को अवसरमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।

विगत १७ वर्षदेखि वन्तले राजनैतिक आर्थिक मनोरन्जन खेलकुद लगायत विभिन्न विधामा रहेर फोटोपत्रकारिता मार्फत देश तथा विदेशमा सुचनाको क्षेत्रमा योगदान दिदै आएका छन् भने फोटोपत्रकारहरुको हकहित साथै क्षमता अभिवृद्धिमा कार्यगर्दै आइरहेका छन् । लाजिम्पाटस्थित होटल र्याडिसनमा आयोजित समारोहमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल तथा नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) की पूर्वअध्यक्ष भवानी राणाले वन्तलाई अवार्ड तथा सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसङ्घ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो ।

कर्पोरेट मिडिया ग्रुपले विगत १८ वर्षदेखि विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउँदै आएका व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको जनाएको छ । निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने, सफल व्यावसायिक अभ्यासलाई प्रोत्साहन गर्ने तथा मुलुकको आर्थिक विकासमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाको सम्मान र पहिचान गर्ने उद्देश्यले अवार्ड कार्यक्रम आयोजना  गर्दै आएको छ  ।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको