कोरोनाबाट ललितपुरमा एकजनाको मृत्यु

काठमाडौँ – कोरोना भाइरस संक्रमणबाट ललितपुरमा एकजनाले ज्यान गुमाएका छन्। किस्ट अस्पतालमा उपचाररत ललितपुर महानगरपालिका वडा नम्बर-२२, बुङ्‌मती निवासी ती बिरामीको कोरोना संक्रमणबाट मृत्यु भएको हो। किस्ट अस्पतालमा उपचाररत ती पुरुषको निधनसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ। महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकबहादुर राईका अनुसार ५७ वर्षीय ती पुरुषको बुधबार साँझ ज्यान गएको हो।

एसएसपी राईका अनुसार ती पुरुष कलेजोका बिरामी पनि थिए। उनलाई गत जेठ १२ गते उक्त अस्पतालमा भर्ना गरेर उपचार भइरहेको थियो। जेठ ११ सम्म उनी पाटन अस्पतालमा थिए। तर गम्भीर बिरामीका कारण आइसियुमा राख्‍न किस्ट पठाइएको थियो। कलेजोको उपचारका लागि ग्वार्कोस्थित किस्ट अस्पताल भर्ना भएपछि उनको स्वाब लिइएको थियो। अस्पतालले स्वाब लिएर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु लगेको थियो। ती व्यक्तिको ज्यान गइसकेपछि उनमा कोरोना संक्रमण भएको रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आएको थियो।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्‍वर गेलालले पनि ती पुरुषमा ज्यान गएपछि कोरोना संक्रमण पुष्टि भएको बताए। उनले भने,’अस्पतालमा भर्ना भएदेखि नै आइसियुको कक्षमा थिए। गम्भीर अवस्थामा अस्पतालमा आउनुभएको थियो।’ उनी ‘अल्कोहलिक लिभर डिजिज’ का कारण अस्पताल भर्ना भएका थिए। नेपालमा उनीसहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ।

यससभन्दा पहिले सिन्धुपाल्चोकमा २९ वर्षीया महिला, बाँकेमा २५ वर्षीय युवक, गुल्मीमा एकजना शिक्षक र बारामा ७० वर्षीय वृद्धले कोरोनाबाट ज्यान गुमाएका थिए। नेपालमा अहिलेसम्म ८८६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। जसमा १८३ जना निको भएर अस्पतालबाट घर फिरिसकेका छन्। बुधबार मात्रै ११४ जना नयाँ संक्रमित भेटिएका छन् भने मंगलबार ९० जना संक्रमित भेटिएका थिए। यससँगै नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या ५ पुगेको छ।

सिफारिस

प्रहरी महानिरीक्षकबाट प्रहरीको महिला भलिबल टोलीलाई विदाइ

काठमाडौं- माल्दिभ्समा भदौ ३० देखि असोज ५ गतेसम्म हुन गइरहेको काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपमा सहभागी हुने नेपाल प्रहरीको महिला टोलीलाई नेपाल प्रहरीले शुभकामना...

सार्वजनिक भयो विश्व रेकर्ड राख्न सफल हरिगोपाल प्रधानको गीतको भिडियो

काठमाडौं - वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरिगोपाल प्रधानको ‘सरर बग्यो हावा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।  विश्व कीर्तिमानी गीतको म्युजिक भिडियो...

नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भात्किदैन : बालेन

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन शाहले सर्वोच्च अदालतले आदेश गरेको नयाँ मापदण्डको विषयमा महानगरलाई गाली गरेर न्याय नपाउने स्पष्ट गरेका छन् । सामाजिक सञ्जालमा पोष्ट...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सार्वजनिक भयो विश्व रेकर्ड राख्न सफल हरिगोपाल प्रधानको गीतको भिडियो

काठमाडौं - वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरिगोपाल प्रधानको...

नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भात्किदैन : बालेन

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन शाहले सर्वोच्च अदालतले आदेश...

सम्पादक समाज पदयात्रा गर्दै शिवपुरीको लौके झरना पुग्दा … (तस्वीरहरू)

शिवपुरी - सम्पादक समाज नेपालले ‘जलवायु परिवर्तनका प्रभावहरू न्यूनीकरणका...

भक्तपुरमा तिजको रौनक (तस्वीरहरू)

काठमाडौं- आज हरितालिका (तीज) पर्व महादेवको पूजा आराधना गरी...

मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक

धनुषा – जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको...

आज हरितालिका तीज : यस्तो छ धार्मिक विश्वास

आज हरितालिका (तीज) पर्व मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिनमा...

धेरै पढिएको