भोटो जात्रापछि रातो मत्स्येन्द्रनाथ बुङ्मती फर्किए (तस्वीरहरू)

ललितपुर –  जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मत्स्येन्द्रनाथलाई शनिबार साँझ उनको मूल वासस्थान बुङ्मती फर्काइएको छ ।

परम्पराअनुसार भोटो प्रदर्शन सम्पन्न भएपछि रातो मत्स्येन्द्रनाथलाई विशेष विधि र पूजाआजासहित बुङ्मती लगिएको हो । यससँगै काठमाडौं उपत्यकाको सबैभन्दा लामो तथा ऐतिहासिक रथयात्रा विधिवत् रूपमा समापन भएको छ ।

वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको रथयात्रा पुल्चोक, गाबहाल, मंगलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेल पुगेको थियो । अन्तिम दिन भोटो जात्रा आयोजना गरी देवताको दर्शन तथा भोटो प्रदर्शन गरिएपछि रथयात्रा सम्पन्न गरिएको हो ।

नेवा: समुदायको आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको यो जात्रालाई वर्षा, सहकाल र समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ । प्रत्येक वर्ष रातो मत्स्येन्द्रनाथलाई बुङ्मतीबाट ल्याई ललितपुर नगर परिक्रमा गराउने परम्परा रहिआएको छ ।

 

एपी तोलाङ्
एपी तोलाङ्
तोलाङ् फोटो पत्रकार हुन् । उनी विशेष गरेर पर्यटन विटमा रहेर फोटो पत्रकारिता गर्छन्।

सिफारिस

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा सँग मंगलबार संसदीय सुनुवाइ...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको...

भर्खरै

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

धेरै पढिएको