सिके राउतले बालेनलाई देवानन्दसँग दाँज्दै भने : ‘विपक्षीले कालो लुगा लगाउन नदिने माग गर्न सक्छ’

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउतले देश परिवर्तन र समृद्धिको साझा लक्ष्यका लागि सहकार्य आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै राउतले देश निर्माण र समृद्धिको लक्ष्यसहित देशभरका ७७ वटै जिल्लाबाट प्रतिनिधिहरू सहभागी भएको उल्लेख गरे । उनले पद र प्रतिष्ठिभन्दा माथि उठेर देश परिवर्तनको उद्देश्यका साथ आफू शुभकामना दिन उपस्थित भएको बताए ।

उनले भने, ‘देश बनाउने अठोटका साथ र देशमा केही समृद्धि आओस् भनेर यहाँ ७७ वटै जिल्लाबाट हामी आएका छौं। तर पद र प्रतिष्ठाका लागि तपाईंहरू आउनुभएको होइन। यो देश कसरी बदल्ने भन्ने चाहना मलाई पनि भएकोले म शुभकामना दिन यहाँ उपस्थित भएको छु । जुन सपना तपाईंले देख्नुभएको छ, त्यही सपना मैंले पनि देखेको हुनाले आज शुभकामना दिन यहाँ उपस्थित भएको छु । म यहाँ कुनै प्रतिस्पर्धीको रूपमा होइन, तपाईंको सहयात्री र सहयोगीको रूपमा शुभकामना दिन यहाँ उपस्थित भएको छु ।’

उनले रास्वपाले देखेको सपना र आफ्नो सपना समान रहेको उल्लेख गर्दै आफू प्रतिस्पर्धीका रूपमा नभई सहयात्री र सहयोगीका रूपमा कार्यक्रममा सहभागी भएको बताए ।

त्यसैगरी, उनले रास्वपाको महाधिवेशनलाई केवल संगठनात्मक कार्यक्रम नभई ‘क्रान्तिको महोत्सव’ को संज्ञा दिए । आफूले पनि देश विकासको सपना बोकेर विभिन्न आन्दोलनहरू गरेको स्मरण गर्दै देश परिवर्तनका लागि सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने धारणा राखे ।

उनले भने, ‘यो केवल महाधिवेशन मात्र होइन, क्रान्तिको महोत्सव हो। म पनि तपाईंहरूजस्तै सपना देख्ने मान्छे थिएँ। देश विकासका लागि म यहाँ उपस्थित छु। सपना मात्रै देखेनौं, एकभन्दा एक आन्दोलन पनि गर्यौं।’

सम्बोधनका क्रममा राउतले वर्तमान प्रधानमन्त्रीको व्यक्तित्व, क्षमता र सोचको समेत प्रशंसा गरे । उनले प्रधानमन्त्रीलाई स्मार्ट, बुद्धिमान र जनप्रिय नेताका रूपमा चित्रण गर्दै जनताले व्यापक रूपमा माया गरेको उल्लेख गरे । साथै, प्रधानमन्त्रीले नेपाली जनतालाई खुशी र समृद्ध देख्न चाहेको स्पष्ट सन्देश दिनुपर्ने उनको भनाइ थियो ।

उनले भने, ‘तपाईंहरूले अहिले हाम्रो प्रधानमन्त्री कस्तो दिनुभएको छ भने एकदमै स्मार्ट, इन्टेलिजेन्ट र स्टाइलिस । युवा, त्यसमा पनि सबैलाई मन पर्ने। कुनै दिन विपक्षीहरूले सम्माननीय प्रधानमन्त्रीज्यूलाई कालो लुगा लगाउन निषेध गर्ने ऐन ल्याउनुपर्यो भन्न पनि बेर छैन । त्योभन्दा ठूलो कुरा म उहाँको माइन्डसेटको सलाम गर्छु। जनताले अथाह माया गरेका छन्, सबैतिरका जनताले उत्तिकै माया गरेका छन्। त्यसैले तपाईंले पनि ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो, प्रधानमन्त्रीज्यू।’

राउतले देशको विकास, समृद्धि र जनताको अपेक्षा पूरा गर्न नेतृत्वले दूरदृष्टि र सकारात्मक सोचका साथ काम गर्नुपर्नेमा जोड दिएका थिए ।

सिफारिस

रास्वपालाई आएको भोट ‘राजावादीहरु’को पनि हो : राजेन्द्र लिङ्देन

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले प्राप्त गरेको मतमा राजाको माग गर्नेहरुको पनि मत भएको बताएका छन् । आइतबार चितवनमा आयोजित...

रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले घण्टी बजाएर गरे उद्घाटन (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)को प्रथम महाधिवेशन आइतबार दिउँसो चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा भव्य रूपमा सुरु भएको छ। दिउँसो २ बजे उद्घाटन हुने भनिएको कार्यक्रम...

सोलुखुम्बुको धार्मिक तथा पर्यटकीय गन्तव्य दूधकुण्ड (तस्विरहरू)

दूधकुण्ड सोलुखुम्बुमा अवस्थित एक प्रसिद्ध धार्मिक तथा प्राकृतिक तीर्थस्थल हो। दूधकुण्ड हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो। विशेषगरी जनैपूर्णिमाको अवसरमा हजारौँ भक्तजन यहाँ...

भर्खरै

रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले घण्टी बजाएर गरे उद्घाटन (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)को प्रथम महाधिवेशन आइतबार दिउँसो चितवनको...

सोलुखुम्बुको धार्मिक तथा पर्यटकीय गन्तव्य दूधकुण्ड (तस्विरहरू)

दूधकुण्ड सोलुखुम्बुमा अवस्थित एक प्रसिद्ध धार्मिक तथा प्राकृतिक तीर्थस्थल...

भक्तपुर यसरी मनाइयो अन्तर्राष्ट्रिय योग दिवस (तस्वीरहरू)

काठमाडौं - आज अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम आयोजना...

भोटो जात्रापछि रातो मत्स्येन्द्रनाथ बुङ्मती फर्किए (तस्वीरहरू)

ललितपुर -  जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै...

नेवा: समुदायले यसरी मनाए सिथि नख: पर्व (तस्वीरहरू)

काठमाडौँ - नेवा: समुदायले आज ज्येष्ठ शुक्ल षष्ठीका दिन...

तस्वीरमा हेर्नुस् यसरी देखाइयो जावलाखेलमा भोटो

ललितपुर - वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो...

धेरै पढिएको