विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ – सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ।

मंगलबार विशेष अदालत काठमाडौँले पहिलो पटकका लागि सात दिन हिरासतमा राख्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। विभागले भने २० दिन हिरासतमा राख्न म्याद थपको माग गरेको थियो।

न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो।

अदालतको आदेशमा भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका आरोपी विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट जरुरी पक्राउ पूर्जी स्वीकृति एवं अनुसन्धान प्रयोजनार्थ म्याद थपका लागि अनुरोध भएकोमा जरुरी पक्राउ पूर्जी स्वीकृत भई आज पहिलो पटक सात दिन म्याद थप गरिएको छ।’

पौडेललाई विभागको अनुरोधमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले सोमबार पक्राउ गरेको थियो। पक्राउपछि उनलाई मंगलबार काठमाडौँ ल्याएर विशेष अदालतमा उपस्थित गराइएको थियो।

उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको छ। पक्राउअघि विभागको टोलीले ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा समेत छापा मारेको थियो।

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको