कार्कीसहित तीनै जना निर्वाचन आयुक्त सुनुवाइ समितिबाट अनुमोदित (तस्वीरहरू)

काठमाडौं – संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस भएका मानबहादुर कार्कीलाई अनुमोदन गरेको छ ।

बुधबार बसेको समितिको बैठकले कार्कीसहित निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका अन्य दुई जनाको नाम पनि सर्वसम्मत अनुमोदन गरेको हो ।

समिति सभापति बोध नारायण श्रेष्‍ठले संवैधानिक परिषद्को २०८३ असार १९ गतेको निर्णयअनुसार प्रमुख निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस भएका मोरङका मानबहादुर कार्कीको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २६ को उपनियमबमोजिम सर्वसम्मत अनुमोदन गरिएको जानकारी दिए ।

त्यस्तै, निर्वाचन आयुक्त पदमा सिफारिस भएका गुरुप्रसाद वाग्लेलाई पनि समितिले सर्वसम्मत अनुमोदन गरेको छ । समितिले संवैधानिक परिषद्को निर्णयअनुसार वाग्लेलाई सिफारिस गरिएको पदमा नियुक्तिका लागि अनुमोदन गर्ने निर्णय गरेको हो ।

यसैगरी निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका डा.राजीव सुब्बा, काठमाडौंको नाम पनि समितिले सर्वसम्मत अनुमोदन गरेको छ । उनको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन गरिएको समितिले जनाएको छ ।

समितिले सुनुवाइका क्रममा प्रस्तावित पदाधिकारीहरूले प्रस्तुत गरेका कार्ययोजनालाई थप परिणाममुखी बनाउन निर्देशनसमेत दिएको छ । कार्ययोजनामा स्पष्ट सूचक, समयसीमा, उपलब्धि र कार्यान्वयनमा सहयोग पुग्ने गतिविधि समेटेर परिमार्जन गरी पुनः समितिमा पेस गर्नुपर्ने निर्णय गरिएको सभापतिले बताए ।

समितिले सुनुवाइका क्रममा प्राप्त सुझावलाई समेत समेटेर कार्ययोजना सुधार गर्न निर्देशन दिएको हो ।

 

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको