विश्वभर फैलिएकाे काेभिड-१९ काे महामारीकाे कारण अहिले संसार लकडाउनमा छ। याे महामारिकाे असरबाट मानवजातिलाई बचाउनकाे लागि याे कदम चालिएता पनि धेरै मानिसहरूले आफ्नाे ज्यान गुमाइसकेका छन। साथै विश्वमा अर्थतन्त्र पुर्णरूपमा डामाडाेल भई खतराकाे सुचिमा सुचिकृत भईसकेकाे छ। नेपालमा पनि २०७६/१२/११ बाट सुरू भएकाे लकडाउन अहिले आएर खासै प्रभावकारी भएकाे देखिदैन। लकडाउनकाे सुरूवातिमा १/२ जना संक्रमित भेटिएकाे थियाे भने लगातार लकडाउन हुँदा पनि आजसम्म १ हजारभन्दामाथि संक्रमित र ५ काे मृत्यु भइसकेको छ ।
यसकाे प्रभाव त छ नै, अझ बढी जनताहरू गाँस, बास तथा अन्य विभिन्न समस्याहरूबाट दिन प्रतिदिन ग्रसित हुदैछन्।सरकारले जनताकाे लागि राहतकाे ब्यावस्था गरेता पनि सहि ढंगले नेत्रृत्व गर्न नसक्नुकाे कारण जाे पिडित छन् त्यहाँसम्म पुग्न सकेकाे छैन। २ महिना नाघीसक्दा पनि कुनै भावी रणनिती र कुनै ठाेस कार्ययाेजना बिना नै सरकार अघि बढिरहेकाे छ। व्यवसायीहरु, स्वास्थ्य, मजदुरहरु र कृषिबारे साथै आउने समस्याहरूकाे बारेमा कुनै पनि प्रभावकारी सुरक्षित याेजना सरकारकाे पक्षबाट भएकाे देखिएकाे छैन। नेपालमा विगत १ महिनाबाट अहिलेसम्ममा ५५ काे हाराहारीमा महिलाहरूकाे सुत्केरी अबस्थामा मृत्यु भईसकेकाे छ। सम्भावित कारण लकडाउन र समयमा अस्पताल पुग्न नसक्नु नै हाे।अहिले नेपालमा उपचार नपाएर अन्य राेगले अकालमा मृत्यु भएकाे, खाना नपाएर भाेकभाेकै मरेकाे, बच्चाहरू खाेप लगाउन नपाएर अरू नै दिर्घ राेगहरूले ग्रसित हुन थालेकाे र अव्यवस्थित क्वारेन्टिनमा संक्रमितहरू छटपटाई अकालमा मृत्यु भएकाे देखिन्छ।
सरकारले लकडाउनलाई व्यवस्थित गर्नकाे लागि अन्य आउने विभिन्न समस्याहरूलाई नियालेर साेहीअनुसार प्रभावकारी र सुरक्षित रूपमा स्वरूप परिवर्तन गरि अगाडि बढ्न अत्यन्तै जरुरी छ । हामी सबै जनताले पनि आफु कसरी बच्ने र अरूलाई संक्रमणबाट कसरी बचाउने भन्ने बारेमा आफै ख्याल राखेर सरकारलाई सहयाेग गर्नु समेत अत्यावश्यक छ। लकडाउनकै कारणले गर्दा विश्वभर कराेडाैंको संख्यामा बेराेजगारहरु बढ्दै गईरहेकाे छ। जसबाट हामी नेपालीहरू अझ बढी प्रभावित हुदैछाैं।
नेपालमा राेजगार र गुणस्तरिय शिक्षा नभएर गाँस, बास, कपास र उच्च शिक्षा हासिल गर्नकाे लागि विदेशिएका नेपाली दाजुभाई तथा दिदिबहिनिहरू लाखाैं छन। उनीहरूकाे पसिनाबाट चलेकाे हाम्राे अर्थतन्त्र कहालिलाग्दाे तरिकाले थचारिदैछ।
विभिन्न देशहरूले आफ्नाे जनता लाई स्वदेश फर्काउन भनिसकेका छन्। धेरै नेपालीहरू स्वदेश फर्किन चाहन्छन्। भाेकले मर्नु परेनि आफ्नै देशमा मर्न पाऊँ भनेर राेईरहेका छन् । उनीहरूलाई व्यवस्थित तरिकाले उद्दार गरि नेपालमा नै स्वराेजगार बनाउनकाे निम्ति सरकारी निकायबाट ठाेस रणनिती अपनाउनु पर्छ।
काेभिड-१९ काे महामारीबाट हामी नेपालीहरूले एउटा शिक्षा लिनै पर्छ। त्याे हाे “आत्मनिर्भर बन्नु”। अन्य देशबाट निर्यात गरेर मात्र बाँच्न सकिदैन। हामीले आफ्नै माैलिक उत्पादनमा पनि जाेड दिनुपर्छ। यदि यसरी आत्मनिर्भर भएर विभिन्न पेशालाई अंगाली, प्राविधिक शिक्षालाई गुणस्तरिय रूपमा जाेड दिइ स्वदेशी स्वादमा रमाउदै अगाडी बढ्ने हाे भने याे चुनौतीलाई सामना गर्दै यसलाई अवसरकाे रूपमा बदल्न अवश्य पनि सक्नेछौँ ।
(लेखक Mrs Beauty Queen Nepal 2019 कि बिजेता हुन्)
