काठमाडौं- अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव छ । पूर्वी भूभागमा निम्न चापिय रेखा छ । त्यसैले काठमाडौं उपत्यकासहित पश्चिमी भूभागमा बदली र वर्षा हुनेछ। नेपालको पश्चिमी भागमा आज दिनभर बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौं उपत्यका भने बिहानमा पानी रोकिने र दिउँसो फेरि बादल लागेर वर्षा हुने पूर्वानुमान गरिएको छ ।
साथै, पुर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।