काठमाडौँ- राष्ट्रिय जनता पार्टी नेपालका संसदीय दलका नेता महन्थ ठाकुरले छुट्टै संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका छन्।
उनले गैरसरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गराउन सचिवालय पुगेका हुन्।
‘जुनसुकै माननीयले गैरसरकारी विधेयक ल्याउन सक्नुहुन्छ’, प्रतिनिधि सभाको विधेयक शाखाका प्रमुख नारायण ढकालले भने, ‘महन्थ ठाकुरको गैरसरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक आएको छ। हामीले विधेयकमा के छ पढ्न भ्याएका छैनौं।’
संघीय सचिवालयका सचिव भरत गौतमले आफूहरूले फरमेट हेरिरहेको बताएका छन्।